Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

कोभिडको समयमा पनि नेपालको निर्यातमा उल्लेख्य वृद्धि

खबरडबली संवाददाता

काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले कोभिड–१९ को समयमा पनि नेपालको निर्यात क्षेत्रमा उल्लेख्य वृद्धि भएको जनाएको छ । महासङ्घको दोस्रो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले आर्थिक वर्ष २०७७र७८ को प्रथम ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा निर्यात क्षेत्रमा वृद्धि भएको बताए ।

चालु आवको प्रथम ६ महिनाको अवधिमा नेपालको कूल निकासी ९५।५ प्रतिशतले वृद्धि भई रु एक खर्ब १८ अर्ब ८५ करोड तथा कूल पैठारी ५१.१ प्रतिशतले वृद्धि भई रु ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । “नेपालको निर्यातमा ५७.८ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेल भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा बढोत्तरी देखिएको छ”, उनले भने ।

अध्यक्ष गुरुङले महासङ्घले उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहमा ऊन मिसन कार्यक्रममार्फत भेडा र च्याङ्ग्रापालनका लागि प्रोत्साहन कार्यक्रम तथा गण्डकी र कर्णाली प्रदेशमा हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने बताए ।

यस्तै काठमाडौँ उपत्यकाभित्र नेपाल सरकार र महासङ्घको साझेदारीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गर्ने, अघिल्लो वर्षको भन्दा थप परिणाम र मूल्यको वस्तु निर्यात गर्ने निर्यातकर्तालाई थप अनुदान दिने व्यवस्था गर्ने महासङ्घले जनाएको छ ।

च्याङ्ग्रा, पस्मिना, फेल्ट, नेपाल हब्र्स, नेपाली चिया, हिमालय नेपाली कार्पेट, कफिलगायतका सामूहिक ट्रेडमार्कको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने अध्यक्ष गुरुङको भनाइ छ । आव २०७७/७८ को आयमा वार्षिक रु २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, रु २० लाखदेखि ५० लाखसम्म आय भएकालाई ७५ प्रतिशत, ५० लाखदेखि रु एक करोडसम्म आय भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने महासङ्घले जनाएको छ ।

यसैगरी स्वदेशमा उत्पादन गरेको कच्चापदार्थ तथा सहायक कच्चापदार्थ विशेष उद्योगलाई बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने महासङ्घले जनाएको छ । नेपाली निर्यातजन्य वस्तुको उत्पादनका लागि महासङ्घले सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष गुरुङले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy