काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिमा भर्खरै सम्पन्न १२ औँ राष्ट्रिय जनगणनामा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकतामाथि प्रश्न उठाइएको छ ।
समितिको आजको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनगणना सङ्कलनका लागि लिइएको विधि र सिद्धान्त नै ठीक नभएको प्रतिक्रिया दिए । उनले भने, “प्रश्न गुणस्तरीय भए उत्तर पनि गुणस्तरीय आउँछ, अनुसन्धान विधिमा क्वालिटी प्रश्नले क्वालिटीकै उत्तर खोज्छ, प्रश्न कस्तो बनाइन्छ त्यसअनुसारको उत्तरको पूर्वानुमान गर्न सकिन्छ ।”
कृषि उत्पादनमा कर नलाग्ने भएकाले धेरैले आयस्रोत कृषक देखाउने गरेको घटना सुनाउँदै पाण्डेले २० कुखुरा पाल्नेलाई कृषक मान्न सकिन्छ र भनी प्रश्न गरे । पछिल्लो जनगणनाले ६८ प्रतिशत कृषिमा आश्रित रहेको देखाएको छ त्यो नै गलत भएको टिप्पणी गर्दै उहाँले १० वर्षयता जमिनको बिक्री खेतीका लागि नभई मुनाफा र घडेरी कारोबारका लागि हुँदैआएको बताए ।
समितिका सभापति कृष्णप्रसाद दाहालले वर्षमा १० महिना बस्ने स्थानमा होइन दुई महिना बस्ने स्थानमा मतगणना गर्ने पद्धतिमा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै सरकार र विभागको तथ्याङ्कबीच नै कसरी एकरुपता हुन सकेन भनी जिज्ञासा राख्नुभयो । समितिका सचिव डा सुरेन्द्र अर्यालले संसदीय समिति सदस्यबाटै जनगणनाको विश्वासनीयतामाथि प्रश्न उठाएको अवस्था रहेको बताए।
उनले भने, “सङ्घीय सांसदबाटै तथ्याङ्क लिन छुटेको भन्ने कुरा आएपछि विश्वासनीयताको प्रश्न उठेको हो । आगामी १० वर्षसम्म मुलुकका योजना यही तथ्याङ्कका आधारमा तयार गरिने हुँदा राज्यको ढुकुटी सही सदुपयोग हुन सक्छ कि सक्दैन भनी प्रश्न उब्जन दिन हुन्न ।”
तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले कोभिड–१९ को महामारीको असहज अवस्थामा पनि इमान्दार र लगनशील भएर समयमै सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रारम्भिक मोटामोटी तथ्याङ्क सार्जजनिक गरिएको हो, पूर्ण र विस्तृत होइन, मसिनोसँग केलाएर पछि ल्याइनेछ, सत्यको नजिक पुग्ने प्रयास भएको छ, गणनामा प्रश्नावलीको भार धेरै भएकाले केही अलमलजस्तो परेको हो ।” पछिल्लो जनगणनाका विषयमा अनेकौँ प्रश्न उठेपछि समितिले विभागका महानिर्देशक, पदाधिकारीलगायतलाई बोलाएर छलफल गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...
पौष १ गते, २०८२ - १५:०४
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको एघारौँ महाधिवेशनमा आज मतदान हुने भएको छ। मतदान नजिकिँदै जाँदा महाधिवेशनस्थलमा चुनावी माहोल थप त...




प्रतिकृया लेख्नुहोस्: