काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ती निर्वाचन क्षेत्रबाट छ हजार ७४३ वडामा जनसङ्ख्याका आधारमा क्रियाशील सदस्यता वितरण भइरहेको छ ।
मुख्यसचिव पौडेलले भने, “नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट एक सय ६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फाराम पुगिसक्यो । ती निर्वाचन क्षेत्रबाट आ–आफ्नो वडामा नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यताको फाराम पुगिसक्यो । अब वडालाई पाँच, सात दिनको समय दिइएको छ ।”
उनले मापदण्डसहित क्रियाशील सदस्यताको फाराम वितरण भएको बताए । उनका अनुसार युवा न्युनतम ३० प्रतिशत, महिला ५० प्रतिशत, दलित १४ प्रतिशत हुने गरी क्रियाशील सदस्यता वितरणको मापदण्ड तोकिएको जानकारी दिए ।
उनले भने, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन कार्यतालिका नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मत रुपमा पास गरेको अवगत नै छ । यसको महत्वपूर्ण चीज भनेको यसको मतदाता हो । फस्ट भोटर्स भनेको क्रियाशील सदस्यता हो ।”
उनले क्रियाशील सदस्यता दर्ता तथा वितरणका लागि प्रविधिको प्रयोग गरिएको जानकारी दिए । उनले भने, “”मापदण्ड पूरा गरेका साथीहरुलाई क्रियाशील सदस्यता दिएर उसले पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउँछ र त्यो क्षेत्रले दर्ता गरेर आफ्नो जिल्ला कमिटीलाई जानकारी दिएर केन्द्रमा सिधै सदस्यतामार्फत लाग्ने दस्तुर र नाम लिस्ट केन्द्रमा पठाउँछ । हामीले यसमा टेक्नोलोजी प्रयोग गरेका छौँ । उनिहरुले इन्ट्री गरेर क्लिक गर्ने बित्तिकै केन्द्रमा आइपुग्छ । हामीले यो व्यवस्था १४औँ महाधिवेशनमा नै गरेका हौँ । यो व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउँदैछौँ ।”
उनले १५औँ महाधिवेशनका लागि निर्वाचन समिति गठन भएको र महाधिवेशन तयारी समिति, प्रचार समिति, व्यवस्थापनलगायतका आवश्यक समिति सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर उचित समयमा गठन हुने बताए ।
उनले भने, “हामीले महाधिवेशनका लागि निर्वाचन समिति बनाइसक्यौँ । अब यसको मूल समिति, प्रचार समिति, व्यवस्थापन समिति, खाना र आवासको व्यवस्थापन गर्ने सम्बन्धी समिति, विदेशी पहुनालाई स्वागत गर्ने, मञ्च बनाउने कुराहरु यो सबै हामी अब एउटा बैठक राखेर के भनेको छ भने केन्द्रीय समितिको बैठकले चाहिँ सभापति र कार्यवहाक सभापतिसँग परामर्श गरेर ती कमिटीहरु उचित समयमा बनिहाल्छन् ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: