Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

संघीय संसद् : खर्च र जनशक्ति बढी

खबरडबली संवाददाता

काठमाडौं । संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ ।

राष्ट्रियसभाको विधायन  व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसहितको सहभागितामा निरन्तर दफावार छलफल गरिरहेको छ ।

समिति सभापति परशुराम मेघी गुरुङले स्वदेशमै सुक्षित मुद्रणसँग सम्वन्धित काम गर्न सकियोस् भन्ने उद्देश्यले कानुन निर्माणलाई प्राथमिकता दिएर समितिमा भइरहेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए। 

उनले भने,  ‘बैक नोट, राहदानी, राष्ट्रिय परिचयपत्र, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र (लाइसेन्स)लगायतका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश गइरहेको छ, अब यो काम नेपालमै गरौँ भनेर सरकारले ल्याएको सुरक्षित मुद्रण सम्बन्धित कानुनलाई समृद्ध तुल्याउन निरन्तर छलफल भइरहेको छ ।’

सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण(प्रिन्ट) हुन सकेको छैन । ती काजगात छपाइका लागि विदेश गइरहेको रकम नेपालजस्तो मुलुकका लागि ठुलो परिमाण हो । उक्त रकम विदेश जानबाट रोक्न मुलुकमै सुरक्षित मुद्रणको व्यवस्था गर्नुपर्छ भनी कानून निर्माण शुरु गरिएको हो । यसअघि विकास सम्बन्धी  ऐनमा  टेकेर मुद्रणको काम हुँदै आएको छ । राष्ट्रियसभामा उत्पति भएकोे उक्त विधेयकमाथिको छलफल अन्तिम चरणमा पुगेकाले केही दिनमै प्रतिवेदन तयार हुने जानकारी दिइएको छ ।

सरकारले जति पनि सुरक्षण मुद्रण सम्बन्धी काम गर्छ ती सबै यही कानुनकै आधारमै गर्न  सकियोस् अरुको नक्कल नहोस् भन्ने उद्देश्य राखेर ऐन ल्याउन लागिएको सभापति गुरुङले बताए । 

सरकारले सुरक्षण मुद्रणका लागि काभ्रेको बनेपामा  दुई मेसिन राखेर काम गर्न खोजेको छ । सुरक्षण मुद्रणका लागि कानुनलगायतका भौतिकपूर्वाधार दुई वर्षभित्रै सम्पन्न गरी तीन वर्षमा पूर्णरुपमा सञ्चालनमा ल्याउने सरकारले अठोट गरेको छ । समितिले विधेयकमाथिको पहिलो चरणको छलफल केही दिनमै पुरा हुने जानकारी दिएको छ ।

खर्च र जनशक्ति बढी

सुरक्षण मुद्रण राज्यका लागि निकै महत्वपूर्ण र प्राथमिकताको विषय भएकाले छलफल सकिए लगतै चालु हिउँदे अधिवेशनमै सदनमा टेबल गर्नुपर्नेमा सदनको बैठक भने प्रमुख प्रतिपक्षको अवरोधका कारण प्रभावित हुँदै आएको छ ।

नेपालमा विधायकी कार्यका लागि सङ्घीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)मा  मात्रै पनि सभामुख र अध्यक्षसहित ३३४ सांसद् छन् । भने करिब सोही सङ्ख्याका संसद् सचिवालयमा कर्मचारी कार्यरत छन् । पछिल्लो समय प्रमुख राजनीतिक दलबीच विभिन्न एजेण्डमा मतभिन्नता रहेका कारण  सिङगो संसद्का काम प्रभावित हुँदै आएकामा कोभिड–१९ को सङ्क्रमण जोखिमले पनि थप बल पु¥याएको छ ।

सभापति गुरुङ भन्छन्, ‘यो सबै जनशक्ति ऐन बनाउनका लागि हो, व्यवस्थापन गर्न सचिव छ, खर्च ठूलो छ, सङघीय संसद्बाट समयमै कानुन बनाउन नसकेका कारण प्रदेशसमेत प्रभावित हुँदै आएको छ, सरकार र राजनीतिक दलले यो पक्षलाई हेक्का राखेर कानुन बनाउने कार्यलाई निरन्तर बनाउनुपर्छ ।’

सुरक्षण मुद्रणसहित महत्वपूर्ण १० वटा विधेयक समितिले छलफल गरेर टुङ्ग्याए पनि सदनमा पेश हुन सकेका छैनन् । मुलुक र जनताका आवश्यकतालाई सम्बोधन गर्न नयाँ कानुन निर्माण गर्ने तथा  बनेका पुराना कानुनको परीक्षण(अडिट) गर्न पर्ने जिम्मवारीलाई  आफनो मुख्य कर्तव्य सोचेर काम गर्न र वातावरण बनाउन उनले सरकार र सबै राजनीतिक दललाई सुझावसमेत दिए।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा होइन जिम्मेवारी पूरा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा र...

माछा मार्न गएका २१ वर्षीय युवकको खोलामा डुबेर मृत्यु

गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर...

गण्डकीमा रास्वपाको लहर चल्दा एमाले र नेकपा बढारियो

पोखरा । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा व...

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै आयो परिणाम, समानुपातिकबाट कुन दलले कति सीट पाउँछन् ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ। समानुपातिकतर्फ अह...

रवि लामिछाने र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरे...

यी हुन् ५ भन्दा कम भोट ल्याउने २७५ उम्मेदवार

काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्...

नयाँ सरकार कहिले ?

काठमाडौं । देशले नयाँ सरकार पाउन अझै कम्तीमा दुई साता लाग्ने देखिएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सोमबारसम्म सबै नतिजा आइ...

समानुपातिकतर्फ एक करोड दुई लाख मत गन्दा कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्व...

मौसम पूर्वानुमान : आज दिनभर बादल लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्र...

ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE