Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

दोस्रो पटक हमलाको प्रयासपछि ट्रम्प- मलाई कुनै कुराले पछाडि धकेल्न सक्दैन, आत्मसमर्पण गर्दिनँ

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्।

घटनामा संलग्न भएको ठानिएका एकजना 'सम्भावित संदिग्ध'लाई हिरासतमा लिइएको उनीहरूले बताएका छन्।

'सीक्रेट सर्भिस एजेन्टहरू'ले झाडीबाट राइफलले ताक्दै गरेको देखेको र लगत्तै उनीहरूले उक्त व्यक्तिमाथि गोली प्रहार गरेको अधिकारीहरूको भनाइ छ। त्यस बेला ट्रम्प त्यहाँ गल्फ खेलिरहेका थिए।

राइफल ताकिँदै गर्दा ट्रम्प २७५ देखि ४५५ मिटरजति मात्र टाढा रहेको एफबीआईले जनाएको छ। एउटा एके-४७ जस्तै बन्दुक, दुईवटा झोलाहरू, एउटा गोप्रो क्यामेरालगायतका सामग्री घटनास्थलमा फेला परेका छन्।

प्रत्यक्षदर्शीका अनुसार ती सन्दिग्ध व्यक्तिलाई पछि सुरक्षाकर्मीले धेरै पटक गोली प्रहार गरेका थिए। त्यसपछि कोही झाडीबाट भागेर कालो निसान कारमा हामफालेको देखिएको थियो।

ती प्रत्यक्षदर्शीले उक्त गाडी र त्यसको नम्बर प्लेटको तस्बिर लिएका थिए। त्यो गाडी पछि मार्टिन काउन्टीमा रोकियो।

"हामीले मार्टिन काउन्टी शेरफको कार्यालयलाई सचेत गरायौँ। उनीहरूले गाडी देखे र गाडीबाट तानेर उक्त पुरुषलाई नियन्त्रणमा लिए," पाम बीच काउन्टीका शेरफ रिक ब्राडशले भने।

"त्यसपछि हामीले घटनाका प्रत्यक्षदर्शीलाई ल्याएर देखाउँदा उनले झाडीबाट भाग्दै गरेको र कारमा बसेको व्यक्तिको रूपमा उसलाई पहिचान गरे," उनले पत्रकार सम्मेलनमा भने। अमेरिकी सञ्चारमाध्यमहरूले पक्राउ परेका व्यक्ति हवाई निवासी ५८ वर्षका पुरुष रहेको जनाएका छन्।

आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू "सुरक्षित र राम्रो अवस्थामा" रहेको बताएका छन्। "कुनै पनि कुराले मलाई पछाडि धकेल्न सक्दैन," उनले लेखेका छन्, "म कहिल्यै पनि आत्मसमर्पण गर्दिनँ!"

यसअघि पेन्सिल्भेनिआको एउटा चुनावी र्‍यालीमा एक जना बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए।

त्यस क्रममा उनको कानमा गोली लागेको थियो। उनको हत्या प्रयासका रूपमा उक्त घटनालाई हेरिएको थियो।पेन्सिलभेनिआमा भएको आक्रमणको दुई महिनापछि पछिल्लो घटना भएको हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थाले, परिचय खुल्ने कागजसहित एक हजार चाहिने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिले नाम दर्ता गर्न थालेका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा पुगेका प्रतिनिधिहरूले ना...

रविको भर पर्दा कुलमान न घरको न घाटको भए, अब बालेनको पालो : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्...

कांग्रेस महामन्त्रीद्वय भन्छन्- विशेष महाधिवेशनले पार्टी संगठन झन् बलियो हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुर...

आजको मौसम पूर्वानुमान : तराई/मधेसमा कुहिरो

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार...

कांग्रेस विशेष महाधिवेशन कति वैधानिक ?

काठमाडौं । आन्तरिक विवादकै बीच हुने कांग्रेस विशेष महाधिवेशनले पार्टी नेतृत्व चयन गरे आधिकारिकतासम्बन्धी थप विवाद उत्पन्न हुने देखिएको छ । पार्टी संस्...

कुलमानले सहमतिभन्दा अतिरिक्त मागेपछि भाँडियो रास्वपासँगको एकता

काठमाडौं । कुलमान घिसिङले सहमतिभन्दा धेरै माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग १२ दिनअघि भएको एकता सम्झौता भंग भएको छ । सहमतिविपरीत घिसि...

चुनावअघि नै सुशासन मार्गचित्र ल्याउने सरकारको प्रयास, समितिलाई भ्रष्टाचार-लक्षित तीन कार्यादेश

काठमाडौं । भदौ २३ र २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा उठेको भ्रष्टाचारविरोधी आवाजलाई सम्बोधन गर्न 'सुशासन मार्गचित्र' तय गर्न काम अघि बढा...

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्...

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउल...

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । “मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो”, यो भनाइ हो– बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending