Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

सुदूरपश्चिममा तेस्रो पटक हिमपात : तीन राजमार्ग बन्द, जनजीवन कष्टकर

खबरडबली संवाददाता

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज अपराह्नदेखि हिमपात सुरु भएको छ । यहाँ तेस्रोपटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । बैतडीको अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ सिगास, मेलौलीलगायका क्षेत्रमा हिमपात भएको छ । यसका साथै डोटीको गैरा, डडेल्धुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । बिहानैदेखि वर्षा  भएको र अपराह्नपछि हिउँ पर्न सुरु भएको हो । 

हिमपातका कारण यहाँका तीन राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । उनले भने, “राजमार्गको ढोल्यामोड क्षेत्रमा भारी हिमपात भएकाले राजमार्ग ठप्प भएको छ ।” सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोडपे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनले भने, “राजमार्ग क्षेत्रमा भारी हिमपात भएको छ, सवारी आवागमन रोकिएको छ । हिउँ पर्ने क्रम जारी छ । बाटो खोल्ने प्रयास गरिरहेका छौँ ।” यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको दशरथचन्द नगरपालिका–१ मुस्याचौरका महेश भट्टले जानकारी दिए । उनले भने, “वर्षासँगै हिउँ परिरहेको छ, अत्यधिक चिसो छ । बाहिर निस्कनै मुस्किल भएको छ ।”

वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।  वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।  
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयोः रवी लामिछाने

गोर्खा मिडियामा आएको पैसा चेक नकाटेर घाँस काट्ने कुरा त आउँदैन नि !

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोक...

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । सोमबार एन्फाले एक सूचन...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव (पूर्णपाठसहित)

रवि लामिछानेसहित चार जनालाई कारबाही गर्न सिफारिस

सहकारीबारे समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले संसदमा पेश गरेको प्रतिवेदनले दिएका सुझाव कार्या...

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्यो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव त...

आइसिसी विश्वकप लिग–२: नेपाल आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले सोमबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।  क्यानडाको किङ्ग सिटीम...

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बै...

नक्कली ऋणीहरूको बिगबिगीले सहकारी समस्यामा : सभापति थापा

काठमाडौं। सहकारी छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीमा नक्कली ऋणीहरूको बिगबिगी रहेकाले समस्या निम्तिएको बताभएको छन् ।  प्रतिनिधि ...

नेप्सेमा ५७ अङ्कको गिरावट, ७ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०.७६ विन्दुमा रोकिएको छ । आज ३१२ कम्पनिको कारोबार हुदा एक करो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy