Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय

खबरडबली संवाददाता

काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन पूर्वघोषित तेस्रो जनआन्दोलनको मजबुत आधार खडा गर्न संघर्षका कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरेको छ । 

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई पुनर्गठन गर्दै संघर्षका कार्यक्रमलाई अगाडी बढाउँने निर्णय गरेको उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

आजपाले सरकारको मनोमानी कर आतंक बिरुद्ध संघर्षका कार्यक्रम अगाडी बढाउन काठमाडौं उपत्यका विशेष कमिटीलाई जिम्मेवारी तोकेको छ । काठमाडौं उपत्यका विशेष कमिटीले विगतमा काठमाडौंमा सरकारको मनोमानी कर आतंक बिरुद्ध विरोध प्रदर्शन गरेको थियो । उसकै नेतृत्वमा आन्दोलन कार्यक्रम अगाडी बढाउँने निर्णय स्थायी कमिटी बैठकले गरेको छ । 

यसैगरी विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कायम गर्नुपर्ने आन्दोलनको अगुवाई आम विद्यार्थी मोर्चाले गर्नेछ । आम विद्यार्थी मोर्चाले बिगतमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै आन्दोलन गर्दै आएको छ । बैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनका कार्यक्रम आईटी आर्मीको नेतृत्वमा हुनेछ । बैठकले आईटी आर्मीलाई वैदेशिक रोजगारका ठग बिरुद्धको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जिम्मेवारी तोकेको हो । 

यस्तै बैंक, लघुवित्त र सहकारी ठग विरुद्धको आन्दोलन आजपाको  कोसी प्रदेश र गण्डकी प्रदेश कमिटीले अगाडी बढाउँने छ । बैंक, लघुवित र सहकारी ठग बिरुद्धको आन्दोलन आजपाले गर्दै आएकोमा यसलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी भ्रष्टाचार बिरुद्धको आन्दोलन सातै प्रदेशमा कडा रुपमा अगाडी बढाउँने निर्णय बैठकले गरेको प्रवक्ता साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आन्दोलनका कार्यक्रमलाई कडा रुपमा अगाडी बढाउँन निर्देशन दिएका छन् । विगतका आन्दोलनको समिक्षा गर्दै आन्दोलनलाई थप कडा बनाउने निष्कर्ष बैठकको छ । 

‘देशमा बढ्दो भ्रष्टाचार, बेथिति र विभेद विरुद्धको पाँच दिवसीय मधेश जागरण यात्रामा पहिलो दिन राज्य पक्षको अवरोधका बावजुद पनि आम जनताको अभुतपूर्व साथ, सहयोग र सहभागिताले गर्दा सानदार ढंगले सफल रहेको निष्कर्ष सहित यस अभियानलाई सफल पार्न योग्दान एवं भूमिका निर्वाह गर्नुहुने सबैप्रति हार्दिक अभार सहित विशेष धन्यवाद व्यक्त गरिएको छ’ आजपाद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

यसैगरी बैठकले पार्टीको सदस्यता वितरण तथा संगठन विस्तारलाई अभियानको रूपमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी सदस्यता वितरण सम्बन्धी कार्यविधि – २०८१ बैठकले सर्वसहमतिले पारित गरेको छ । 

बैठकले पार्टीको केन्द्रीय कमिटीलाई पुनर्गठन समेत गरेको छ । प्रभु साह अध्यक्ष रहेको केन्द्रीय कमिटी दुई सय ८९ सदसिय बनाइएको छ । आमन्त्रित, स्थायी कमिटी, पदाधिकारी सहित केन्द्रीय कमिटी बिस्तार गरिएको हो ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षी दलहरूद्वारा संसद् बैठकमा उठेर विरोध, सभामुखको आग्रहपछि बैठक सुरु

काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । केहीबेरअघि सुरु भएको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेप...

मिडियालाई बलियो बनाउन चाहन्छौं : मुख्यमन्त्री आचार्य

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताएको छन्।  नेपाल पत्...

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार - मन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताए...

सर्लाहीमा ठक्करबाट वृद्धको मृत्यु, एक जना घाइते

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका –२, राइटरखोरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ ।  दुर्घटनामा साइकलयात्री सोही ठाउँका ६५ वर्...

प्रधानमन्त्री बालेन लगातार दोस्रो पटक समिति बैठकमा अनुपस्थित, कांग्रेसद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली ...

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख २९ गतेभित्र नतिज...

संसद्लाई ‘कठपुतली’ बनाउन खोजिएको भन्दै विपक्षीद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूले सभामुख डोलप्रसाद अर्याल सँग भेटवार्ता गर्दै संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। सिंहदरब...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ...

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

बैङ्कक । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएको छन्। भ्र...

निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ

काठमाडौं । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु लाई प्रहरीले नियन्त्रणमा लिएको छ। शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडु...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending