बैतडी । बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
रमाकान्त र गोपाललाई डम्बरको परिवारले दिएको जाहेरीका आधारमा घरबाटै पक्राउ गरिएको हो । उनले भने, “पक्राउ परेका दुवै जनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौँ ।” पक्राउ परेका दुवैजना स्थानीय विद्यालयका शिक्षकसमेत हुन् ।
यसअघि डम्मरको हत्यामा संलग्न हरिश अवस्थी र नवराज अवस्थी प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरु हत्यामा संलग्न रहेको स्वीकार गरिसकेकाले अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
गएको मङ्सिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जङ्गलमा गत पुस २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो । हरिशले दिएको लोकेसनका आधारमा डम्बरको शव गाडेको अवस्थामा फेला परेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - १५:५३
हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ । हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र...
मंसिर ११ गते, २०८१ - १५:४६
बेरूत। हिजबुल्लाहका सन्देशहरूले सम्भावित युद्धविरामको लागि आशावादको संकेत गरेको जनाइएको छ । निराशावाद भन्दा आशावादी हुनुको कारण अलि बढी यसकारण पनि ...
मंसिर ११ गते, २०८१ - १५:४१
काठमाडौं। उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने पार्टी नेकपा एमाले भएको बताएका छन । नेपाल ट्रे...
मंसिर ११ गते, २०८१ - १५:३५
काठमाडौं, आम जनता पार्टी (आजपा)ले भ्रष्ट र भगौडाहरुको पक्षपोषण गर्ने दलाल दलतन्त्रको अन्त्य गर्दै आम जनताको सर्वोच्ता सहितको शासन सत्ता स्थापित गराउन ...
मंसिर ११ गते, २०८१ - १५:२७
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको म...
मंसिर ११ गते, २०८१ - १५:१५
रौतहट। रौतहटको पूर्बभेग दुर्गा भगवती गाउँपालिका स्थित एकैपटक आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजना अपराधी लाई ४ बर्ष पछि प्रहरीले पक्राउ गरेको...
मंसिर ११ गते, २०८१ - १५:०९
हैदाराबाद। अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा–२’ छिट्टै रिलिज हुँदैछ । यसैबीचमा चेन्नईमा फिल्मको प्रि–रिलिज कार्यक्रम आयोजना गरिएको थ...
मंसिर ११ गते, २०८१ - १५:०३
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ ग...
मंसिर ११ गते, २०८१ - १४:३७
ढाका । बंगलादेश इस्कॉनसँग सम्बद्ध धार्मिक नेता चिन्मय कृष्ण दास प्रभुको रिहाइको लागि देशका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ढाका,...
मंसिर ११ गते, २०८१ - १४:२५
काठमाडौं। न्याय परिषद्को बैठक जारी छ । सर्वोच्च र उच्च अदालतका रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो । ...
प्रतिकृया लेख्नुहोस्: