Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

रासस

महोत्तरी । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ ।  सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो ।  

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले  मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए। 

जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई  खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी गाउँपालिकाका हुन् । यस पहिलो चरणको विद्यालय केन्द्रित खोप अभियान माघ २८ मा सम्पन्न हुने उनेले बताए। 

‘मोडर्ना’ १२ देखि १८ वर्ष उमेर लक्षित कोभिड–१९ विरुद्धको खोप हो । दोस्रो चरणमा जिल्लाका सात स्थानीयतहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने   छ ।  आगामी फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने यो चरणमा पाँच नगरपालिका र दुई गाउँपालिकाका विद्यालय पर्नेछन् । 

यसमा भङ्गाहा, औरही, रामगोपालपुर, गौशाला र बर्दिबास नगरपालिका एवं  सम्सी र सोनामा गाउँपालिकाभित्रका विद्यालय रहने कार्यालयले जनाएको छ । जिल्लामा ७४  हजार मात्रा खोप आएको निमित्त जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिए। 

राहदानी लिएर विदेश जाने तयारीमा रहेका १८ वर्षभन्दा माथिका सबैलाई ‘जोनसोन’ खोप दिइएको कार्यालयले जनाएको छ । यो सेवा स्वास्थ्यचौकी, अस्पताल र यसबाहेक तोकिएका केन्द्रबाट प्रवाह भइरहेको छ । जिल्लाका सबै स्थानीयतहमा विशेष अभियानअन्तर्गत फागुन १० देखि १४ सम्म पाँच दिन खोप लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लामा अझै खोप लिनेको सङ्ख्या ५० प्रतिशत नाघेको छैन । खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य जनशक्तिको समुचित विन्यास, खोपबारे सचेतना बढाउन राजनीतिक दल, सामाजिक सङ्घ संस्था र स्थानीयतहको प्रत्यक्ष पहलकदमी उपलब्धिमूलक हुने मधेश प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विजयकुमार झाको भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending