दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो ।
सुरुमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्यो । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ ।
छाङ्गरु गुल्मअन्तर्गत व्याँस गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहनेछन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बने पनि सशस्त्र प्रहरी खटिएका छैनन् । छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरुका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।
सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।
सुरक्षाकर्मीले कुनै खबर गर्नुपर्यो भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, “अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।”
ल्यान्डलाइनसँगै व्याँसमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्याँसवासीले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउछन्। उनी भन्छन्, “नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेकोे हो ।”
गत साता आएको हिमपातका कारण अहिले व्याँससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पुर्याउनुपर्यो भने भारतीय एसएसबीको क्याम्प पुग्छौँ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, “यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: