Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

रुस-युक्रेन संकट, बाइडनको चेतावनी : युक्रेनमा हमला गरे जर्मनीसँग जोडिने पाइपलाइन बन्द हुन्छ

रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।
खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यदि मस्कोले युक्रेनमा हमला गरेमा जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने वाचा गरेका छन्।

जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे त्यसो भनेका हुन्।

फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने भन्दै भेटवार्ता भइरहँदा वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

अमेरिकी अधिकारीहरूले आइतवार रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज भेला पारिसकेको बताएका छन्।

रुसी माग

पछिल्ला सातामा मस्कोले पश्चिमा सैन्य गठबन्धन नेटोमा युक्रेन कहिल्यै सदस्य बन्न नपाउनु पर्ने माग राखेको छ।

वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।

वासिङ्टनमा बाइडन र सोल्जले छलफल गरेका हुन्।
उसले पूर्वी युरोपमै नेटोका सैन्य सङ्ख्या घटाउनुपर्ने समेत भनिरहेको छ। रुसले युक्रेनतर्फको सीमामा एकलाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

नेटोले ती दुवै मागलाई अस्विकार गरेको छ। बरु उसले आणविक अस्त्र सीमित पार्नेजस्ता अन्य क्षेत्रमा वार्ता गर्न सकिने जनाएको छ।

पुरानो तनाव

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघिदेखिएको हो। जतिखेर रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नोमा गाभेको थियो।

मस्कोले पूर्वी डोनबास क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको छ। यतिखेर रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको छ।

तर हमलाको तयारी गरिराखेको भन्ने आरोपलाई उसले अस्वीकार गर्दै आएको छ।

माँक्रो-पुटिन वार्ता

पुटिनले युक्रेन मामिलालाई लिएर फ्रेन्च राष्ट्रपति इमानुअल माँक्रोसँग भएको वार्ता उपयोगी र उपलब्धी उन्मुख भएको बताएका छन्।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।मस्कोमा उनीहरूले पाँच घण्टा छलफल गरेका थिए।

क्रेमलिनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले युरोपको सुरक्षाबारे माँक्रोका केही विचार व्यवहारिक भएको र ती भावी कदमका लागि आधार बन्न सक्ने बताए।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

मस्कोमा पुटिन र माँक्रोले पाँच घण्टा छलफल गरेका थिए।

 

माँक्रोले आगामी दिन निर्णायक हुने भन्दै आफूले मस्कोसँग केही समान धारणा पाएको बताए।

पुटिनले यदि युक्रेनलाई नेटो गठबन्धनमा लगिएमा र क्राइमियालाई फिर्ता लैजाने प्रयास गरेमा नतिजा युद्ध हुने भन्दै चेतावनी दिएका छन्।

जर्मनी के चाहन्छ ?

जर्मन चान्सलर ओलाफ सोल्जसँग ह्वाइटहाउसमा भेटेपछि बोलेका बाइडनले मस्कोलाई चेतावनी दिँदै उसले जस्तो सुकै हमलाका लागि ठूलो मूल्य चुकाउनुपर्ने बताए।

तर अहिलेसम्म चान्सलर सोल्ज भने त्यस्तो अवस्थाका लागि आफूले कस्तो प्रतिबन्धलाई सघाउने भन्ने बिषयमा स्पष्ट देखिँदैनन्।

उनीमाथि बाल्टिक क्षेत्रको एउटा मुख्य ग्यास पाइपलाइन नर्ड स्ट्रिम टू बन्द गर्न दबाब छ। युक्रेनलाई हतियार नपठाएको भन्दै समेत जर्मनीको आलोचना भइरहेको छ।

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending