Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

मिर्गौलापीडित रानाको सहयोगमा जुट्दै वाइसीएल नेपाल

खबरडबली संवाददाता

तनहुँ । व्यासनगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ । खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु एक लाख ७० हजार सङ्कलन भएको जनाएको छ ।

केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उहाँको जीवनरक्षाका लागि अर्थ सङ्कलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए । अर्थावस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको उनले बताए।

सङ्कलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । राना बचाउ अभियानमा व्यासनगरपालिका–१ स्थित अडमपानी टोल विकास संस्थाबाट रु ४२ हजार ९६५, नेपाली सेनाका श्रीमतीहरूको समूहबाट रु १३ हजार, सिङ्गापुरे पुलिसमा कार्यरत सन्दीप मगरबाट रु १० हजार, कीर्ति मगरको सक्रियतामा रु १० हजार र नीरज मगरबाट रु १० हजार आर्थिक सहयोग प्राप्त भएको  छ । त्यसैगरी व्यास–१४ निवासी आज थापा र अमृत आलिसेबाट रु छ हजार ३३३ गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानबाट रु पाँच हजार, इन्डियन आर्मीमा कार्यरत अमृत गुरुङबाट रु पाँच हजार, आँबुखैरेनी वाइसीएल गाउँ कमिटीबाट रु पाँच हजार सहयोग प्राप्त भएको छ ।

त्यसैगरी व्यास–१ भादगाउँ निवासी सन्दीप क्षेत्रीबाट रु पाँच हजार १२१, श्रीकला ब्यूटीपार्लर सञ्चालिका सिजिका थापा मगरबाट रु पाँच हजार, माओवादी व्यास नगर कमिटीका सहसचिव हर्कबहादुर थापाबाट रु पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ । माओवादी गण्डकी प्रदेश सदस्य शुक्र चुमानबाट रु पाँच हजार, सुमती थापाबाट रु पाँच हजार, बन्दीपुर गाउँपालिका उपाध्यक्षबाट रु पाँच हजारलगायतका विभिन्न व्यक्तिबाट रु एक हजारदेखि रु पाँच हजारसम्म सहयोग प्राप्त भएको वाइसिएल नेपाल व्यासनगर कमिटीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

गुल्मी । गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरेर २५ जनाको हो । तर अहिले झण्डै पाँच गुणाभन्दा बढी कैदीबन्दी कारागारमा छन् ।  कहिलेकाहीँ द...

सडक मर्मत गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ तर बजेट अभावले समस्या: मन्त्री घिसिङ

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन्। मन्त्री घिसिङले २३औँ वार...

चुनावअघिको महाधिवेशनले पार्टीमा असर पार्न सक्छ: देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा नकारात्मक असर पार्न सक्ने चिन्ता...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेट, निर्वाचनमार्फत आफ्नो मुद्दा अनुमोदन गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंबीच मंगलबार बिहान बालुवाटार...

विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार, एक युवक पक्राउ

सप्तरी। विवाहको प्रलोभन देखाई नाबालिका बलात्कार गरेको आरोपमा एक १७ वर्षीय युवक पक्राउ परेका छन् । बिहेको प्रलोभन देखाएर ललाई फकाई शनिबार किशोरीसँग ...

मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घट्यो

काठमाडौं । दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैय...

एकताका बेला मलिन अनुहार बनाएका कुलमान घिसिङ १४ घण्टापछि बोले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकताको सहमति भएको १४ घण्टापछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले प्रतिक्रिया दिएका छन्। ...

राप्रपाको समानुपातिक बन्दसूचीमा कोको परे ? हेर्नुहोस् सुची

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। राप्रपाले आदिवासी जनजाति क्लस...

ग्यास बुलेट दुर्घटना, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको चन्द्रपुर –४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना ...

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending