तनहुँ । व्यासनगरपालिका–१४ निवासी १९ वर्षीय खुश्बु रानाको उपचारका लागि वाइसीएल नेपाल व्यासनगर कमिटी तनहुँले आर्थिक स्रोत जुटाउन थालेको छ । खुश्वु राना बचाउ अभियान नै थालेर वाइसीएलले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट गरी हालसम्म रु एक लाख ७० हजार सङ्कलन भएको जनाएको छ ।
केही समयदेखि रानाको दुवै मिर्गौलामा खराबी आएपछि उहाँको जीवनरक्षाका लागि अर्थ सङ्कलन थालिएको वाइसीएल व्यास नगर कमिटीका अध्यक्ष निर्दोष भट्टराईले जानकारी दिए । अर्थावस्था नाजुक रानाको उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सिङ्गापुरे पुलिस, भारतीय सेनामा कार्यरत तथा विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको उनले बताए।
सङ्कलित रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने भएकाले सहयोग जुटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । राना बचाउ अभियानमा व्यासनगरपालिका–१ स्थित अडमपानी टोल विकास संस्थाबाट रु ४२ हजार ९६५, नेपाली सेनाका श्रीमतीहरूको समूहबाट रु १३ हजार, सिङ्गापुरे पुलिसमा कार्यरत सन्दीप मगरबाट रु १० हजार, कीर्ति मगरको सक्रियतामा रु १० हजार र नीरज मगरबाट रु १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । त्यसैगरी व्यास–१४ निवासी आज थापा र अमृत आलिसेबाट रु छ हजार ३३३ गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमानबाट रु पाँच हजार, इन्डियन आर्मीमा कार्यरत अमृत गुरुङबाट रु पाँच हजार, आँबुखैरेनी वाइसीएल गाउँ कमिटीबाट रु पाँच हजार सहयोग प्राप्त भएको छ ।
त्यसैगरी व्यास–१ भादगाउँ निवासी सन्दीप क्षेत्रीबाट रु पाँच हजार १२१, श्रीकला ब्यूटीपार्लर सञ्चालिका सिजिका थापा मगरबाट रु पाँच हजार, माओवादी व्यास नगर कमिटीका सहसचिव हर्कबहादुर थापाबाट रु पाँच हजार आर्थिक सहयोग प्राप्त भएको छ । माओवादी गण्डकी प्रदेश सदस्य शुक्र चुमानबाट रु पाँच हजार, सुमती थापाबाट रु पाँच हजार, बन्दीपुर गाउँपालिका उपाध्यक्षबाट रु पाँच हजारलगायतका विभिन्न व्यक्तिबाट रु एक हजारदेखि रु पाँच हजारसम्म सहयोग प्राप्त भएको वाइसिएल नेपाल व्यासनगर कमिटीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: