बझाङ । यहाँको थलारा गाउँपालिका–१ का ५० वर्षीय दत्त गिरी गत मङ्सिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज बजार पु¥याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याए ।
उनी मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस–१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका बासिन्दा पनि आवतजावत गर्ने झोलुङ्गे पुल गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएपछि अहिले उनीहरु समस्यामा परेका हुन् ।
रेगम र देउरा बजार जोड्ने सो झोलुङ्गे पुल बगाएपछि थलारा गाउँपालिका¬—१ का स्थानीयवासीलाई अहिले कृषि उपज बजारसम्म पु¥याउन कठिन भइरहेको बताइएको छ ।
केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीले रु ४२ हजार चन्दा उठाएर सो ठाउँमा काठको साँघु राखिदिएपछि स्थानीयवासीलाई अहिले ओहोरदोहोर गर्न केही सजिलो भएको थलारा गाउँपालिका–१ रेगमका प्रेमबहादुर बोहराले बताए ।
त्यही काठे पुल पनि जोखिममा रहेको छ । सो पुलबाट यहाँका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला र बिरामीलाई अस्पताल जान समस्या भएको छ ।
अहिले विकल्पका रुपमा हालिएको साँघु केही महिनामा सेती नदीमा पानीको बहाव बढेपछि बगाएर आवतजावत बन्द हुने भएकाले पुल बनाउनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीकोे माग छ ।
बझाङ जिल्लाको मात्रै नभई छिमेकी जिल्ला डोटीका नागरिकको पनि मुख्य बजारका रुपमा देउरा बजार भएकाले उक्त साँघुबाट धेरै मानिस चहलपहल तथा आवतजावत गर्दछन् ।
झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको र पुल बनाउनका लागि थलारा गाउँपालिकाले पहल गरिरहेको बताइएको छ । यसका साथै गाउँपालिकाले सो पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारसमक्ष आवश्यक प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: