Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बागलुङमा चुनावी सहकार्यका लागि गठबन्धन दलबीच छलफल

खबरडबली संवाददाता

बागलुङ । यहाँका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो ।

गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताए ।

“स्थानीय परिस्थिति र अनुकूलतामा गठबन्धनलाई कसरी मजबुत पार्ने र चुनावसम्मै लिएर जाने विषयमा सौहार्द ढङ्गले कुराकानी भयो, छलफललाई फेरि निरन्तरता दिने गरी हामी उठ्यौँ”, उनले भने । शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि त्यसको गृहकार्य अघि बढेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटीलगायत सङ्घसंस्थाका चुनावमा पनि सत्ता गठबन्धन दलबीच सहकार्य गरेर जानुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

छलफलमा सहभागी गठबन्धनको प्रमुख घटक नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले स्थानीय तहको चुनाव घोषण भएको स्थितिमा जिल्लास्तरमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताए। “नेताहरूबीच गठबन्धनका सन्दर्भमा अनुभव आदानप्रदान भयो, एक किसिमको समीक्षाजस्तो पनि भयो”, उनले भने, “ठ्याक्कै ठोस मुद्दामा छलफल प्रवेश त गरेको छैन, तर पनि गठबन्धन दलका नेताबीचको भेटघाटले सकारात्मक सन्देश दिएको छ, यसले अरु जिल्लालाई पनि प्रेरित गर्छ ।”

केन्द्रमा पाँच दलीय गठबन्धन कायमै रहेर चुनावी समीकरण बनेमा त्यसलाई जिल्लामा पनि लागू गरेर जानुपर्ने उनको भनाइ थियो । राष्ट्रिय राजनीतिको परिदृश्य बदलिएमा भने त्यसको असर तल पनि पर्न सक्ने संयोजक गैरेले बताए । छलफलमा कांग्रेस सभापति शेरचन, माओवादी केन्द्रका संयोजक गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष लालबहादुर थापा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुकाजी केसी सहभागी थिए ।

स्थानीय तहको चुनाव घोषणा भएसँगै दलहरु तात्न थालेका छन् । नेकपा ९एमाले० को जिल्ला शखाले पनि चुनाव केन्द्रित अभियान सञ्चालन गरिने जनाएको छ । चुनावलाई लक्ष्य गरी आउँदो फागुनभित्रमा प्रदेशको  निर्वाचनका लागि क्षेत्रस्तरमा जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने  निर्णय भएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending