काठमाडौं । नेकपा (एमाले) ले आफ्ना जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम २९९ सम्म हुने गरी निर्देशिका जारी गरेको छ ।
पार्टीसम्बद्ध विभिन्न २२ जनसङ्गठनलाई व्यवस्थित तथा समन्वयात्मकरूपले परिचालन गर्न एमालेको विधानको धारा ९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी भएको हो ।
जनसङ्गठन संयन्त्रको सिफारिसमा पार्टीको सचिवालयले स्वीकृत गरेको सो निर्देशिकालाई एमालेले सार्वजनिक गरेको छ । पहिलो वर्गीकरण (अनुसूची) मा रहेको महासङ्घस्तरीय १० जनसङ्गठनका लागि २९९ सम्म र दोस्रो वर्गीकरणमा परेका १२ जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम १५२ हुनेछ ।
सबै सङ्गठनको केन्द्रीय पदाधिकारीको अधिकतम सङ्ख्या १७ हुनेछ । उक्त सङ्ख्यामा अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक÷एक तथा उपाध्यक्ष, उपमहासचिव र सचिव एकभन्दा बढी हुन सक्नेछ ।
पदाधिकारी चयनमा समावेशीतालाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ । सो संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा निर्देशिकाको मस्यौदा तयारी कार्यदल गठन भएको थियो ।
निर्देशिकाको अनुसूची १ मा अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा सङ्घ नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, पेसागत महासङ्घ नेपाल, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ र नेपाल खेलकुद महासङ्घ परेका छन् ।
अनुसूची २ मा प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, प्रगतिशील तथा पेसागत कानून व्यवसायी सङ्गठन, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन र रिटर्नी फेडेरेशन नेपाल परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: