काठमाडौं । नेकपा (एमाले) ले आफ्ना जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम २९९ सम्म हुने गरी निर्देशिका जारी गरेको छ ।
पार्टीसम्बद्ध विभिन्न २२ जनसङ्गठनलाई व्यवस्थित तथा समन्वयात्मकरूपले परिचालन गर्न एमालेको विधानको धारा ९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी भएको हो ।
जनसङ्गठन संयन्त्रको सिफारिसमा पार्टीको सचिवालयले स्वीकृत गरेको सो निर्देशिकालाई एमालेले सार्वजनिक गरेको छ । पहिलो वर्गीकरण (अनुसूची) मा रहेको महासङ्घस्तरीय १० जनसङ्गठनका लागि २९९ सम्म र दोस्रो वर्गीकरणमा परेका १२ जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम १५२ हुनेछ ।
सबै सङ्गठनको केन्द्रीय पदाधिकारीको अधिकतम सङ्ख्या १७ हुनेछ । उक्त सङ्ख्यामा अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक÷एक तथा उपाध्यक्ष, उपमहासचिव र सचिव एकभन्दा बढी हुन सक्नेछ ।
पदाधिकारी चयनमा समावेशीतालाई ध्यान दिनुपर्ने एमालेले जनाएको छ । सो संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा निर्देशिकाको मस्यौदा तयारी कार्यदल गठन भएको थियो ।
निर्देशिकाको अनुसूची १ मा अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा सङ्घ नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, पेसागत महासङ्घ नेपाल, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ र नेपाल खेलकुद महासङ्घ परेका छन् ।
अनुसूची २ मा प्रेस चौतारी नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन, प्रगतिशील तथा पेसागत कानून व्यवसायी सङ्गठन, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन, प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल, मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन र रिटर्नी फेडेरेशन नेपाल परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - ०९:३२
काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...
पौष ४ गते, २०८२ - ०९:११
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - ०९:०६
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...
पौष ४ गते, २०८२ - ०८:०९
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...
पौष ४ गते, २०८२ - ०७:५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...
पौष ४ गते, २०८२ - ०७:५३
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...
पौष ४ गते, २०८२ - ०७:५०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...
पौष ४ गते, २०८२ - ०७:४२
काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...
पौष ४ गते, २०८२ - ०७:२०
काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...




प्रतिकृया लेख्नुहोस्: