काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताएका छन् । सङ्घीय संसद् सचिवालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ । संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढेको छ ।”
संसद् सचिवालयमा आज सत्तारुढ गठबन्धनका ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध विभिन्न २१ वटा आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्ताव दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले न्यायापालिकामा नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको पाइएकाले महाअभियोग प्रस्ताव अगाडि बढाइएको प्रतिक्रिया दिए।
उनले प्रधानन्यायाधीशले संवैधानिक इजलाश प्रभावकारी नबढाएको, विभिन्न नियुक्तिमा प्रभावित पारेको, सर्वोच्च अदालतको प्रतिवेदन कार्यान्वयन नगरेको एवं शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेकाले न्याय क्षेत्रमा निराशाजनक अवस्था सिर्जना भएकाले प्रस्ताव दर्ता गराउन आवश्यक भएको बताए।
संविधानले खोजको भूमिका प्रधानन्यायाधीशबाट हुन नसकेका कारणले यो प्रस्ताव दर्ता गराउनु परेको उनको भनाइ छ । संविधानले व्यवस्था गरेको आवश्यक सङ्ख्या अनुसार दर्ता भएको प्रस्ताव अब संसदीय प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ छ । उनले हाल लागेको आरोप प्रमाणित गर्न बयान लिने तथा अन्य संसदीय प्रक्रिया अगाडि बढाउने दायित्व संसद्को भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ११:५४
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएको छन । सरकारमा सहभागी दुई ठूला राजनीति...
पौष ७ गते, २०८१ - ११:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व...
पौष ७ गते, २०८१ - ११:१६
जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्र...
पौष ७ गते, २०८१ - ११:०९
जनकपुरधाम। नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट ह...
पौष ६ गते, २०८१ - १७:१२
सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...
पौष ६ गते, २०८१ - १७:०६
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...
पौष ६ गते, २०८१ - १६:५७
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...
पौष ६ गते, २०८१ - १६:४२
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...
पौष ६ गते, २०८१ - १६:३७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...
पौष ६ गते, २०८१ - १६:२३
इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...
प्रतिकृया लेख्नुहोस्: