काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्ड फिल्ड साइटमा फोहर विसर्जनमा अवरोध गरेपछि सङ्घीय सरकारको ध्यानाकर्षण गर्दै दीर्घकालीन समाधानको आवश्यक रहेको बताए ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गर्नका लागि दीर्घ समाधान हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको प्रमुख शाक्यको भनाइ छ । उहाँले विसं २०७० देखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयले आन्दोलन गर्ने र फोहर विसर्जनमा अवरोध हुने गरेको स्मरण गराए । “यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, उनले भने, “त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।”
बाटो बनाउने जिम्मेवारी सङ्घीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा गाली कामपाको खाने गरेको छ । हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण कार्य भइरहेको र निर्धारित समस्यामा काम सम्पन्न नहुँदा समस्या भएको पनि कामपाको भनाइ छ ।
कामपाले नियमित रूपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधन खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खामा समस्या आउने जनाएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हँदै आएको छ हाल उक्त स्थान पनि भरिएपछि फोहर व्यवस्थापनमा थप समस्या आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: