काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा मङ्गलबार भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र कोभिड–१९ महामारी नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनले न्यायमा नागरिकको सहज पहुँच, नेतृत्व विकास, स्वच्छ ऊर्जा, सङ्घीयताको सुदृढीकरण र विकासका विविध सवालमा अस्ट्रेलियाले हासिल गरेको अनुभव नेपालका लागिसमेत उपयोगी हुने बताए।
मन्त्री बडूले नेपाल र अस्ट्रेलियाबीच सरकार र सरकारबीच मात्र नभई सामाजिक रुपमा समेत बलियो सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा रहेको अस्ट्रेलियामा पठनपाठन सहज हुने व्यवस्थाका लागि राजदूतको ध्यानाकर्षण गराएका थिए।
राजदूत भोल्कले नेपाल पुरानो मित्रराष्ट्र भएका र आफूहरुले विगतदेखि नै स्वास्थ्य, शिक्षा, ऊर्जा, जलस्रोत, सामुदायिक वन र विकास पूर्वाधारदेखि समुदायस्तरमा महिलाहरुको नेतृत्व विकास, महिला हिंसा अन्त्यलगायत विभिन्न कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि सहयोगको क्षेत्र बढाएर सहकार्य गर्न तयार रहेको बताए ।
उनले न्यायक्षेत्रका साझा मुद्दा पहिचान गरी आपसी सहयोग अभिबृद्धि गर्न र अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: