Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

खोप छानबिन प्रतिवेदन : ५६ हजार ९०८ मात्रा खोप खेर

नौ स्थानीय तहले विवरण बुझाएनन्

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले  ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ । 

मन्त्री खतिवडालाई हिजो सोमबार समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएपछि आज मात्र सार्वजनिक गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाइएको छ । यस्तै तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ । 

प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको उल्लेख छ । कोरोनाविरुद्धको खोप छानबिन समितिको प्रतिवेदनअनुसार खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको बताइएको छ । 

यस्तै प्रतिवेदनमा कोभिडविरुद्धको खोप नि:शुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ । यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ । खोप अभियान कार्यक्रममा लक्षित अभियान भन्दाबाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ । 

“बुष्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुष्टर लगाएको देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन अन्तक्र्रिया र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाएको देखिएको छ । 

प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्णरूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न रजिष्टरको पूर्णरूपमा प्रयोग नगरेको उल्लेख छ । प्रतिवेदनमा सात प्रदेश, ७७ जिल्ला र ७४४ स्थानीय तहले मात्र खोपको विवरण उपलब्ध गराएका छन् । 

नौ स्थानीय तहले विवरण बुझाएनन्

प्रतिवेदनमा नौ स्थानीय तहले खोपको विवरण नबुझाएको बताइएको छ । प्रतिवेदनमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका, काठमाडौँको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, राक्सिराङ र कैलाश गाउँपालिकाले अझै खोपको विवरण बुझाउन सकेका छैनन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...

तस्बिरमा हेर्नुहोस जनकपुरले एनपीएल उपाधि उचालेपछिको रौनक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...

दीपेन्द्रसिंह ऐरीलेले पाए कार पुरस्कार, ललित राजवंशीले मोटरसाइल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...

प्रधानमन्त्री ओलीले दिए जनकपुर बोल्टसलाई बधाई

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...

एनपीएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...

कांग्रेस नेता महरलाई नेपाल जेसीजको मानार्थ सदस्यता प्रदान

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...

जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधि, सुदुरपश्चिम उपबिजेता

काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...

पावर प्लेमा जनकपुरको जादु

काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...

प्रधानमन्त्री ओलीद्वारा नेपाल जेसिजको महाधिवेशन समुद्घाटन

इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीमा आयोजित नेपाल जेसिजको ५१औ राष्ट्रिय महाधिवेशनको समुद्घाटन गरेको छन । युवावर्गको नेतृत्व र व्यक्तित्व व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy