मनाङ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन स्थगित भएको छ । तर, हिमाली जिल्ला मनाङमा हालसम्म पनि अद्यावधिक मतदाता नामावली आइपुगेको छैन ।
निर्वाचन नजिकिएसँगै अद्यावधिक भएको नयाँ मतदाता नामावली भने हालसम्म जिल्लामा आइनपुगेको निर्वाचन कार्यालय मनाङका निमित्त प्रमुख निर्वाचन अधिकारी अनन्त सुवेदीले जानकारी दिए। उनका अनुसार निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले प्रचारप्रसारलाई समेत तिव्रता दिइसकेको अवस्थामा पनि अद्यावधिक भएको नामावली जिल्लामा आइपुगेको छैन ।
निर्वाचनको मिति घोषणा भएपछि नामावली सङ्कलन स्थगित गरी अद्यावधिकको काम भइरहेको निर्वाचन अधिकारी सुवेदीले बताए। कार्यालय तथा स्थानीय तहमा पुगेर सङ्कलन भएको मतदाता नामावली सङ्ख्या अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको तर हालसम्म आइनपुगेको उनले बताए ।
बाहिरी जिल्लाका व्यक्तिले भने यहाँ नामावली दर्ता गराएका छैनन् । “दर्ता भएका मतदाताको विवरण रुजु गरी विभाग पठाइएको छ, दाबी विरोधको काम भइरहेकाले उमेर नपुगेको र नाम दोहोरिएको भए हटेर आउनेछ”, उनले भने। जिल्लाको जनसङ्ख्या भन्दा मतदाता नामावली बढी भएपछि दोहोरो वा नामावली नमिलेको खण्डमा घटेर आउने उनले बताए ।
कार्यालयले जिल्लाका तीन वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमार्फत् २६३ मतदाता थपिएका थिए । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट भएको मतदाता नामावली सङ्कलनबाट पनि ६ हजार ९० मतदाता पुगेको उनले बताए।
मनाङ ङिस्याङ गाउँपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट २८, नार्पाभूमि गाउँपालिकाबाट १० र नासों गाउँपालिकाबाट २५ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्या बढी छ । “निर्वाचन कार्यालयले अद्यावधिक नामावली स्थानीय तहमा पठाइसक्नुपर्ने हुन्छ । तर, जिल्लामा अद्यावधिक भएको नामावली नआउँदा पालिकामा पठाउन सकिएको छैन”, निर्वाचन अधिकारी सुवेदीले भने, “अद्यावधिक भएको नामावली आउनासाथ पालिकामा पठाउने गरी काम गरिरहेका छौं ।”
विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता सङ्ख्या ६ हजार ३०९ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ५९० मतदाता रहेको जिल्लामा कात्तिकपछिको अद्यावधिक भएको मतदाता नामावली विभागमा पठाइएको छ । यसरी अद्यावधिक भएको मतदाता नामावली हालसम्म यहाँ आइपुगेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: