काठमाडौं । नेपालमै पहिलो पटक क्यान्सर रोगविरुद्धको औषधि बिक्रीवितरण सुरु भएको छ । टिजिग फर्माले उत्पादन गरेको क्यान्सरविरुद्धको औषधि बिक्रीवितरण गर्न थालिएको हो । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल औषधिमा आत्मनिर्भर बनाउनका लागि आफूहरूले क्यान्सरको औषधि पहिलोपटक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको जानकारी दिए।
टिजिग क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । कम्पनीको उद्योग काभ्रेको बनेपामा रहेको छ । भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपिएएल)सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरेको हो ।
कार्यकारी निर्देशक वैद्यले अहिले बजारमा ट्याब्लेट र क्याप्सुलको औषधि उत्पादन गरिएको बताए । उनले खोप (इन्जेक्सन)मा आधारित औषधि पनि चाँडै नै बनाउने योजना रहेको जानकारी दिए। कम्पनीले अहिले नेपाल भित्रै बिक्रीवितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको छ ।
“अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात् ट्याबलेट र क्याप्सुल बनोटमा पठाएका छौँ । खोप (इन्जेक्सन) पनि उत्पादन गर्ने तयारीमा रहेका छौँ”, उनले भने । कार्यकारी निर्देशक वैद्यले आफूले उत्पादन गरेको औषधि विदेशबाट आएकोभन्दा सस्तो हुने बताए ।
“हामीले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ”, उनले भने, “उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत दरमा दिनेछौँ ।”
उनले नेपालमै उत्पादन हुने भएपछि औषधिको अभाव पनि नहुने बताए । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेलले क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन हुनु राम्रो भएको भन्दै औषधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले नेपालमा नै क्यान्सर रोगविरुद्धको औषधि उत्पादन हुनु सबैका लागि खुशीको कुरा रहेको र औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजंग पाण्डेले स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने कुरा पछिल्लो पटक क्यान्सरको औषधि उत्पादन हुनुले प्रमाणित भएको बताए ।
उहाँले नेपालमा क्यान्सरजस्तै अरु औषधि उत्पादन गरेर मुलुकलाई औषधिमा आत्मनिर्भरता बनाउनुपर्ने बताए । औषधि व्यवस्था विभागका सन्तोष केसीले उत्पादन भएको औषधिको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: