दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताए।
“कांग्रेसे एक्लै लड्छौ भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन”, उनले भने, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उहाँले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए। भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्ने जोड दिए ।
चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उनले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताए । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: