गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए । पूर्वमन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गरेका छन् ।
दर्लिङ–३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घरअगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटबल, पाल्पा, तम्घासलगायतका ठाउँबाट हिँडेरै नुन, तेललगायतका सामग्री बोकेका उहाँले बिहीबार आफ्नै गाउँमा बस देखे । “गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ”, खड्काले भने, “आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।”
गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उनले सम्झिए । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्र्याक्टरमात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उहाँले बताए।
सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताए । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उनले अपेक्षा गरे । “गाउँमा आए पनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा रु दुई हजारसम्म खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो, “बसमा अब भाडा पनि सस्तो होला ।” आफू बस हेर्नकै लागि कार्यक्रमस्थलमा आएको उहाँले सुनाए ।
नियमित सञ्चालन गर्न चुनौती
बसले मुख्यत: गाउँपालिकाको वडा नं १ नेटा, वडा नं २ ह्वाङ्दी र वडा नं ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । सदरमुकाम तम्घासबाट दर्लिङसम्म ४५ किलोमिटर दूरी पर्छ । हिउँदको समयमा सडक राम्रै हुने भए पनि वर्षायाममा भने सञ्चालन गर्न चुनौती छ । वर्षायाममा अधिकांश ठाउँमा पहिरो जाने भएकाले नियमित बस सेवा सञ्चालन हुनेमा स्थानीयले शङ्का गरेका छन् । “जीप पनि बाह्रै महिना सञ्चालन भएको छैन, सडकले साह्रै दु:ख दिएको छ”, स्थानीय ४८ वर्षीय चन्द्रवती घर्तीले भन्नुभयो, “सडकको नियमितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्छ ।” सडक बिग्रिएको अवस्थामा जीपमा पनि महङ्गो भाडा तिर्नुपरेको उहाँले सुनाउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...
पौष १४ गते, २०८२ - १४:०७
रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि वार्ता निष्कर्षमा पुग्नन सकेन
पौष १४ गते, २०८२ - १३:५६
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी...
पौष १४ गते, २०८२ - १२:५३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...




प्रतिकृया लेख्नुहोस्: