गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ दर्लिङमा पहिलोपटक बस पुगेको छ । बुटबलबाट आएको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु१ख ५७९७ नंको बस गाउँपालिका–१ नेटा र वडा नं २ ह्वाङ्दी हुँदै बिहीबार दर्लिङ पुगेको हो । मालिकाका तीनवटै वडामा पहिलोपटक बस पुगेको हो । बस पुगेसँगै कार्यक्रमस्थल दर्लिङमा बस हेर्न स्थानीयवासीको भीड लागेको थियो । साथै स्थानीयवासीले बाजागाजासहित बसलाई स्वागत गरेका थिए । पूर्वमन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले बसको उद्घाटन गरेका छन् ।
दर्लिङ–३ का ६८ वर्षीय पतिराम खड्कालाई आफ्नै घरअगाडि बस देख्न पाइन्छ भन्ने कल्पनासम्म थिएन । बुटबल, पाल्पा, तम्घासलगायतका ठाउँबाट हिँडेरै नुन, तेललगायतका सामग्री बोकेका उहाँले बिहीबार आफ्नै गाउँमा बस देखे । “गाउँमा बस त के, बाटोसम्म हुन्छ भन्ने पनि सोचेका थिएनौँ”, खड्काले भने, “आज बस नै आउँदा सपनाजस्तो लागेको छ ।”
गाउँमा यातायातको सुविधा नहुँदा धेरै दिन लगाएर तम्घास वा आवश्यक गन्तव्यमा पुग्ने गरेको उनले सम्झिए । दर्लिङमा १५ वर्षअघि खनेको सडकमा सुरुमा ट्र्याक्टरमात्रै गुड्थे । त्यसपछि जीप सञ्चालन हुन थाल्यो र अहिले बस नै गाउँमा पुग्दा आफू खुसी भएको उहाँले बताए।
सोही स्थानकै ७१ वर्षीय नर्मती घर्तीले पनि गाउँमा बस पुग्दा खुसी लागेको बताए । बस आएसँगै जीपको भन्दा भाडा पनि सस्तो हुने उनले अपेक्षा गरे । “गाउँमा आए पनि घरमै आएजस्तै लागेको छ, जीपमा हिँड्दा रु दुई हजारसम्म खर्च हुन्थ्यो”, उहाँले भन्नुभयो, “बसमा अब भाडा पनि सस्तो होला ।” आफू बस हेर्नकै लागि कार्यक्रमस्थलमा आएको उहाँले सुनाए ।
नियमित सञ्चालन गर्न चुनौती
बसले मुख्यत: गाउँपालिकाको वडा नं १ नेटा, वडा नं २ ह्वाङ्दी र वडा नं ३ दर्लिङसम्मका नागरिकलाई सेवा दिनेछ । सदरमुकाम तम्घासबाट दर्लिङसम्म ४५ किलोमिटर दूरी पर्छ । हिउँदको समयमा सडक राम्रै हुने भए पनि वर्षायाममा भने सञ्चालन गर्न चुनौती छ । वर्षायाममा अधिकांश ठाउँमा पहिरो जाने भएकाले नियमित बस सेवा सञ्चालन हुनेमा स्थानीयले शङ्का गरेका छन् । “जीप पनि बाह्रै महिना सञ्चालन भएको छैन, सडकले साह्रै दु:ख दिएको छ”, स्थानीय ४८ वर्षीय चन्द्रवती घर्तीले भन्नुभयो, “सडकको नियमितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्छ ।” सडक बिग्रिएको अवस्थामा जीपमा पनि महङ्गो भाडा तिर्नुपरेको उहाँले सुनाउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: