काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याएका छन् ।
नास्टको आज भएको ४५औँ प्राज्ञसभामा उहाँले विज्ञान–प्रविधिको क्षेत्रमा मुख्यतया शिक्षित जनशक्तिलाई स्वदेशमै पूर्णरुपमा परिचालन गरी प्रतिभा पलायन हुन नदिने तथा विज्ञान–प्रविधिलाई राष्ट्रको आधुनिकीकरण र उत्पादन प्रणालीसँग जोडेर आर्थिक विकासको गतिलाई उच्च बनाउनेतर्फ जोड दिनुपर्ने बताए।
यस क्रममा मुलुकभित्रका वैज्ञानिक, अनुसन्धानकर्मीसहित नास्टमा आबद्ध वैज्ञानिक तथा विज्ञहरूको विज्ञताको पूर्ण उपयोग र वृत्ति विकासका लागि ठोस कार्ययोजना तयार गरी अघि बढाउन प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालय र नास्टका पदाधिकारीहरूलाई निर्देशन दिए।
मुलुकको विकासलाई सहयोग पुग्ने गरी नयाँ–नयाँ प्रविधिको खोज, अनुसन्धान र विकास गर्ने, अन्य देशमा आविष्कार भई प्रयोगमा आएका समाजोपयोगी नयाँ प्रविधिलाई मुलुकमा भित्र्याउन आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
उनले भने, “प्रतिष्ठानले केही समय अगाडि मात्र नेपालको स्याटेलाइटलाई अन्तरिक्षमा पुर्याउन गरेको सफल प्रयासका लागि यस कार्यमा संलग्न सबै वैज्ञानिक तथा प्राविधिकहरूलाई बधाई दिन चाहन्छु । विगत दुई वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा आवश्यक उपकरण र प्रविधि विकास गर्न नवप्रवर्तकहरूलाई सहयोग गर्दै आइसोलेसन बुथ निर्माण गरी नेपाल सरकारका सबै सुरक्षा निकाय, विभिन्न स्वास्थ्य सङ्घसंस्था र स्थानीय निकायहरूलाई उपलब्ध गराउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दछु ।”
नास्टले नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न तथा प्रयोगमा आएका सिलिन्डरको परीक्षण गर्न गरेको प्रयासको उनले उच्च मूल्याङ्कन गर्न चाहन्छु भने।
प्रधानमन्त्री देउवाले जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सबै युवा वैज्ञानिक र विज्ञ प्राविधिकहरूलाई थप लगनशील र जागरुक भई मुलुकको विकास र समृद्धिको लागि उपयोगी हुने नयाँ खोज र अनुसन्धानमा लाग्नका लागि अभिप्रेरित गरे ।
“विज्ञान शिक्षकहरूलाई प्रशिक्षण, सूचना पहुँच केन्द्रको स्थापना, मूर्धन्य वैज्ञानिक/प्राविधिकहरूलाई पुरस्कृत गर्ने तथा अनुसन्धानकर्मी संस्थाहरूलाई सहयोग गर्नेलगायतका कार्यक्रम पनि प्रतिष्ठानबाट सञ्चालन भएका छन् । यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा थप विस्तार गर्दै जान आवश्यक छ भन्ने मलाई लागेको छ”, प्रधानमन्त्री देउवाले भने ।
प्रतिष्ठानले गत आर्थिक वर्षमा सम्पादन गरेका काम–कारबाहीहरूको विस्तृत समीक्षा गरी सम्पादन हुन नसकेका कार्यहरूलाई नयाँ सोच र रणनीतिका साथ चालु आर्थिक वर्षभित्रै यथाशीघ्र सम्पादन गर्न मार्गनिर्देश गर्ने अपेक्षा उनले व्यक्त गरे । प्रतिष्ठानलाई कार्य सम्पादन गर्ने सन्दर्भमा भोग्नुपरेका चुनौती र समस्या सम्बन्धमा पनि रचनात्मक छलफल गरी आगामी दिनमा ती समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक उपायहरू पहिल्याउन पनि बैठक सहयोगी हुनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: