काठमाडौं । अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् ।
शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता जनाएका थिए । ती चिया पसलमा पुगेर नेपाली चिया र कफीको स्वाद लिने उपभोक्ता धेरै रहेका सो महोत्सवमा सहभागीले जनाएका छन् ।
सो महोत्सवमा चिया र कफीको सहभागिताका लागि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयले समन्वय गरेको थियो । यस्ता प्रदर्शनीमा सहभागिताले नेपालका पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत पुग्ने कन्सुलर जनरल विष्णु गौतमले बताए ।
चिया तथा कफीको अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लागेका व्यवसायीले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी रहेको उनले बताए ।
विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको अमेरिकामा प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टी एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताउछन् ।
अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार रहेको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताउछन् ।
उनले भने, “परिमाणमा अहिले यति नै भन्न नसकिए पनि अमेरिकी बजारमा नेपाली चियाको माग दिनप्रतिदिन बढ्दै गएको छ, हामीसँग नेपाली चिया माग्ने उपभोक्ता पहिलेभन्दा निकै धेरै छन् ।”
उनले नेपालका कृषकले उत्पादन गरेको अर्गानिक चिया अमेरिकी बजारमा सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेको बताउँदै विश्वबजारमा चियामा उच्च प्रतिस्पर्धा रहेको तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेकाले उपभोक्तासम्म पुर्याउन सजिलो भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: