Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मन्त्री भुसालको पहलमा विद्यार्थीलाई ऊर्जाको विद्युतीय चुल्हो वितरण हुँदै

खबरडबली संवाददाता

काठमाडौं । सरकारले दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुल्हो उपलब्ध गराउने लक्ष्यका साथ प्रक्रिया सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।

दुगर्म क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई घरभाडामा लिएर सरकारी वा सामुदायिक शिक्षण संस्थामा स्नातक स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यर्थीलाई खाना पकाउने एलपी ग्यासको सट्टामा विद्युतीय चुल्हो उपलब्ध गराउन लागिएको हो । त्यसका लागि निवेदन आह्वान गरिएको छ । यसबाट आन्तरिक रूपमा नै विद्युत् खपत बढाउने र विद्युतीय चुल्होको प्रवद्र्धनसमेत हुनेछ । नेपालमै पहिलो पटक सरकारका तर्फबाट यस्तो खालको अभ्यास हुन लागेको हो ।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सो कामका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बिजुलीको आन्तरिक खपत बढाउनका लागि भरमग्दुर प्रयास गरिरहेको मन्त्रालयले विद्यार्थीलाई केन्द्रमा राखेर यस्तो अभ्यास गर्न लागेको हो ।

खाना पकाउने एलपी ग्यासको लगातार मूल्यवृद्धिका कारण हरेक घरको भान्छा असाध्यै महँगो बन्न पुगेको छ । त्यसको विकल्पमा विद्युतीय चुल्होको प्रयोग बढाउनुभन्दा अर्को कुनै पनि विकल्प छैन ।

सोही अवस्थालाई आत्मसात् गरेर ऊर्जामन्त्री भुसालले तत्काल नै विद्यार्थीलाई विद्युतीय चुल्होको प्रवद्र्धन गर्ने गरी काम सुरु गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई निर्देशन दिनुभएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि स्थापित केन्द्रले तोकिएको कार्यादेशअनुसार प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको अवस्थामा मन्त्रालयले असाध्यै महत्वपूर्ण जिम्मेवारी दिएको हो । एलपी ग्यासलाई क्रमश: विस्थापित गर्दै लैजाने सोचमा सरकार छ । त्यसका लागि मन्त्रालयले अनेकन उपायहरू अवलम्बन गर्ने तयारी थालेको छ ।

ऊर्जामन्त्री भुसालले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विद्यार्थीको विवरण सङ्कलन गर्न  र त्यसको आवश्यक तयारी गर्न निर्देशन दिएको थिइन् । सोही आधारमा आज केन्द्रले एक सूचनामार्फत दुर्गम क्षेत्रबाट काठमाडौँ उपत्यकामा आई अध्ययन गरिरहेका विद्यार्थीलाई  आवेदन दिन आग्रह गरेको छ ।

केन्द्रका अनुसार  आवेदन दिनेले नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिस पेस गर्नुपर्नेछ । यस्तै आफ्नो वैयक्तिक विवरण भर्नुपर्नेछ । सरकारले दुर्गम भनेर तोकेका जिल्लाका विद्यार्थीले पहिलो चरणमा यस्तो सुविधा पाउनेछन् ।

ऊर्जामन्त्री भुसालले विद्युत् खपत बढाउनका लागि यसअघि विभिन्न निकायसँग निरन्तर संवाद गरिरहनुभएको छ । सूचनाअनुसार त्यस्तो आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ । समस्यामा परेका विद्यार्थीलाई राहत महसुस गराउन र विद्युतीय चुल्होको प्रवद्र्धन गर्न दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वच्छ चुल्हो कार्यक्रमको माग सङ्कलन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending