Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

प्रकृति संरक्षणका क्रममा सेनामा क्षति : ११४ जना सकल दर्जाले गुमाए ज्यान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ ।

नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण र शिकार आरक्षणमा खटिने क्रममा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा परी ११४ जना सकल दर्जाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गरियो ।

रसुवाको राम्चे होस् वा  लाङटाङ क्षेत्रको हिमपहिरो तथा बाघ र गैँडाको आक्रमण, बिच्छी टोकाइ एवं सर्पको डसाइबाट उक्त जनशक्ति गुमाउनुपरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख हिमांशु थापाले जानकारी दिए । पछिल्लो समय चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी एक सैनिकको ज्यान गएको थियो ।

सेनाले चार दशकअघिदेखि प्रकृति संरक्षणको क्षेत्रमा तैनाथ भई सङ्कटापन्न जनावर तथा प्रकृति संरक्षणमा विशिष्ट योगदान पु¥याउँदै आएको छ । सेनाद्वारा वन्यजन्तु तथा प्रकृति संरक्षणमा गरिएको योगदानको विश्व समुदायबाट उच्च प्रशंसासमेत हुँदै आएको छ ।

मुलुकका चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपुरी, सगरमाथा, बाँके, मकालुवरुण, शक्लाफाँटा र शे–फोक्सुण्डोसहित १२ निकुञ्ज, कोसीटप्पु वन्यजन्तु आरक्षण, ढोरपाटन शिकार आरक्षण तथा अन्नपूर्ण, कञ्चनजङ्गा, कृष्णसार, मनास्लु, अपिनाम्पा र गौरीशङ्कर संरक्षणमा सेना तैनाथ छ । ती क्षेत्रमा सेनाले हात्ती, डुङ्गा, पैदल, साइकल, मोटरसाइकल र सवारीसाधनबाट अहोरात्र गस्ती गर्दै आएको छ ।

देशका ३३ जिल्लामा फैलिएका १४ संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणमा हाल सेनाको आठ गण, सात गुल्म एक शिक्षालय समेतबाट गरी आठ हजार १९ जनशक्ति प्राकृतिक संरक्षणमा तैनाथ छन् । प्रकृति एवं वन्यजस्तु संरक्षणमा सेनाबाट विशिष्ट योगदान भएकै कारण लोपोन्मुख बाघ र गैँडाको सङ्ख्या १० वर्षको अवधिमा दोब्बर भएको तथ्याङ्ले पुष्टि गरेको छ ।

सेनाले दिएको तथ्याङ्कानुसार सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेकामा २०१८ को गणनामा २३५ पुगेको थियो । पछिल्लो समय सेना नेपालका हिमालको ओज कायम राख्न हिमाल सफाइ अभियानमा समेत जुटेको छ ।

यस वर्ष पनि सेनाले सगरमाथा, ल्होत्से, कन्चनजङ्गा र मनास्लु हिमाल सफाइ अभियानलाई निरन्तता भएको छ । उक्त अभियान आगामी चैत २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा हिमाली क्षेत्रबाट ३५ टन फोहर सङ्कलन गरिने जानकारी दिइएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending