Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

म त फाँसी दिन माग गरिएको मान्छे हुँ : केपी ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन् । बुधबार ओलीको ७१ औं जन्मोत्सवका अवसरमा ‘समवेत दृष्टि’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु देश र जनताकै लागि संघर्ष गरिरहेको वताएका छन् ।

‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ,’ अध्यक्ष ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ ।’ 

ओलीको जन्मदिनको अवसरमा बालकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए । ‘मैले जनताबाट असाधारण सहयोग पाएको छु, म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया र सहयोगले जेलमुक्त भएँ, बिरामी पर्दा जनताको शुभेच्छा र प्रार्थनाले निको भएँ, र अब जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’ उनले भने, ‘जनता भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । एकछिन जालझेलबाट एकपटक लडाए भने पनि जीवन त सकिँदैन ।’

त्यसक्रममा उनले एमालेले नै नीतिगत रुपमा देशलाई मार्गदर्शन गरेको भन्दै एमालेले सुत्रवद्ध गरेका नीति नै नेपालको परराष्ट्र नीतिमा परिणत भएको बताए ।  ‘७० वर्ष पुरा भएर ७१ लागियो, यो राम्रो हो कि नराम्रो हो, बढ्दै जाँदाको जन्मदिन आउदा अर्कै हुँदोरहेछ तर ढल्कँदै जाँदा फेरि अर्कै हुँदोरहेछ’, आफ्नो जन्मदिनबारे शुभकामना दिने सबैलाई धन्यवाद दिदै सुरुमै ओलीले टिप्पणी गरे । त्यसक्रममा उनले आफ्नो ७० वर्षे जीवनकालमा भोगेका र अनुभव गरेका कुराहरूको स्मरण गर्दै सबैको साथले आफु यो अवस्थामा पुगेको बताए । उनले त्यसमा जनताको शुभकामना र साथ सबैभन्दा महत्वपूर्ण रहेको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending