काठमाडौं । काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजी र र्यालीसहित प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकाल्ने र संसद भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् ।
सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समुह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
एमसीसीविरूद्ध बिहीबार हुने प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १४:४२
सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...
चैत्र १ गते, २०८२ - १४:३१
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...
चैत्र १ गते, २०८२ - १४:१६
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...
चैत्र १ गते, २०८२ - १३:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...
चैत्र १ गते, २०८२ - १३:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...
चैत्र १ गते, २०८२ - १३:३०
गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...
चैत्र १ गते, २०८२ - १३:१२
काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...
चैत्र १ गते, २०८२ - १२:५३
काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...
चैत्र १ गते, २०८२ - १२:४१
काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...
चैत्र १ गते, २०८२ - १२:१८
काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...


प्रतिकृया लेख्नुहोस्: