Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ : माधव नेपाल

खबरडबली संवाददाता

कैलाली । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । 

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए । 

उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे । अध्यक्ष नेपालले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए । 

उनले भने, “समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ ।”

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिए । धनगढी विमानस्थलसहित देशैभरिमा रहेका विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेसा लागिपरेको उनको भनाइ थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै

वालिङ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका...

राष्ट्रिय गौरवका आयोजना अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन । माथिल्लो तामाकोशी जलविद्युत ...

आठ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै

कुनौली । सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ । नदीमा पुल नहुँद...

एमाले महासचिव पोखरेलसँग भियतनामी कम्युनिस्ट नेताको भेट, बुद्ध धर्मबारे छलफल

काठमाडौँ । नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी एमाले महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ ।  भियतनाम कम्य...

वैदेशिक रोजगारीको नाममा १७ लाख ४५ हजार ठगी: काठमाडौँबाट दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले वैदेशिक रोजगारका लागि विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रुपैयाँ रकम ठगी ग...

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृ...

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो, यी स्थानमा हुँदैछ वर्षा र हिमपात

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जना...

स्याउको राजधानी मार्फामा बढ्दै पर्यटक

म्याग्दी ।  घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्ग...

बढ्दो बसाइँसराइका कारण बागलुङका गाउँ सुनसान

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान हुन थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट,...

अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेर निर्धारण गरेको छ । मंगलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy