Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

सुर्खेतका बाढीपीडितलाई ३१ करोड दिने निर्णय

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले सुर्खेतका बाढीपीडित परिवारलाई तीन लाखका दरले आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता विष्टले पत्रकार भेटघाटमार्फत विसं २०७१ का सुर्खेतका एक हजार ६२ बाढीपीडितलाई प्रदेश सरकारले चालु आव २०७८÷७९ मा प्रतिपरिवार रु तीन लाख उपलब्ध गराउने बताउनुभएको हो । तीन लाखका दरले प्रदेश सरकारले रु ३१ करोड ८६ लाख रकम बाढीपीडितलाई दिनु पर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट कर्णाली प्रदेशका विपन्न घरपरिवारको घर निर्माणका लागि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयद्वारा पेश गरिएको ‘कर्णाली प्रदेश विपन्न घर निर्माण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७८’ का सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता विष्टले बताए । 

विपन्नहरूको घर निर्माणका लागि हुम्ला र डोल्पामा रु पाँच लाख र अन्य जिल्लामा रु चार लाखका दरले उपलब्ध गराइने उनको भनाइ थियो ।

“मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा पेश गरिएको ‘प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा पेश गर्ने निर्णय गरिएको छ”, उनले भने, “आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको ‘कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याउने सम्बन्धमा स्वीकृत प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।”

प्रवक्ता विष्टका अनुसार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ । डा ढकाल गुर्भाकोट नगरपालिका–२ सुर्खेतका स्थायी निवासी हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending