काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन्।
जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा सहिद सप्ताहको सन्दर्भ पारेर नेपाल दलित मुक्ति मोर्चाले आज आयोजना गरेको कार्यक्रममा उहाँले आफूहरु गठबन्धनलाई जोगाउने र एमसिसी समस्या समाधान गर्ने उपायको खोजीमा लागिरहेको बताए ।
“एमसिसीकै कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भने, “प्रतिगमनकारी गठबन्धन अगाडि नआओस्, संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन नटुटोस् भनेर लागिपरेका छौँ ।”
विधानलाई कुल्चेर जनप्रतिनिधिमूलक संस्था विघटन गर्ने कदमलाई प्रतिगमन ठहर गर्दै पाँच राजनीतिक दल मिलेर नयाँ गठबन्धन निर्माण गरिएको बताउँदै उहाँले संविधान, गणतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति गठबन्धन बनेको प्रष्ट पारे । “प्रतिगमनलाई परास्त गरेपछि गठबन्धनमार्फत साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, क्षेत्र र समुदायका जनताका हक अधिकारलाई व्यवस्थित गर्ने प्रयास गर्दैछौँ”, उनले भने, “प्रतिगमनलाई परास्त गर्दै प्राप्त गरेको उपलब्धि कहीँ एमसिसी सम्झौताकै कारण गुम्ने त होइन भन्ने स्थिति देखापरेको छ ।”
अध्यक्ष दाहालले जनताको सङ्घर्षको बलमा स्थपित उपलब्धि कसरत भइरहेको बताउनुभयो । “केही समयदेखि जनयुद्धका उपलब्धि, संविधानसभाबाट बनेको संविधानको सकारात्मक पक्षलाई उल्ट्याउने कसरत भएको हामीले देख्यौँ”, उनले भने, “संविधान र सङ्घीय गणतन्त्रमाथि घाट गर्ने प्रवृत्ति र विचार प्रष्ट देखिए, हामीले नयाँ प्रकारको सङ्घर्ष गर्यौँ ।”
अध्यक्ष दाहालले संविधान, गणतन्त्र, सबै उत्पीडित वर्ग, क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने प्रवृत्तिविरुद्ध लाखौँ जनता सडकमा आएर प्रतिगमनलाई परास्त गरिएको बताउनुभयो । प्राप्त उपलब्धि गुम्न नदिने र थप उपलब्धिका निम्ति एकताबद्ध भएर अगाडि बढ्ने सङ्कल्प लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: