Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

खबरडबली संवाददाता
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षय कोष बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दलित मुक्तिमोर्चाले आयोजना गरेको जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलको स्मरणमा आयोजित कार्यक्रममा उनले पार्टीकोतर्फबाट केही रकम उपलब्ध गराई त्यस्तो कोष स्थापना गर्ने बताए।
 
माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको शहादत प्राप्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए । जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै उहाँले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गरे।  
 
गठबन्धन सरकारको साझा कार्यक्रम बनाएर उत्पीडित वर्ग तथा समुदायको अधिकार स्थापित गर्ने प्रयास गरिरहेका भए पनि पछिल्लो दिनमा जनताले प्राप्त गरेको अधिकार गुम्ने त होइन भन्ने आशङ्का पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । “संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि गठबन्धन स्थापना भएको भएपनि एमसिसीका कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, उनले भने, “संशोधनबिना एमसिसीलाई स्वीकार गर्न सकिँदैन भन्ने आफूहरुले धारणा रहेको छ ।”
 
अध्यक्ष दाहालले प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् वा देश र जनताका पक्षमा बनेको गठबन्धन नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको बताए। एमसिसी सम्झौता पनि अगाडि बढोस् र गठबन्धन पनि नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको जानकारी दिँदै उहाँले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
 
जनयुद्धमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै उनले समावेशी र समानुपातिक अधिकार दिएर मात्रै नपुग्ने भएकाले राज्यले विशेषाधिकार दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकारसहितको व्यवस्था गर्न राज्य लाग्नुपर्ने र एक स्थानबाट मात्रै पहल गरेर नपुग्ने भएकाले सबै क्षेत्रबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।
 
सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायले खास अर्थमा मुक्ति पाउने भन्दै त्यसका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे। विगतको क्रान्तिकारी स्पिरिटबाट कही न कही स्खलन देखिएकाले त्यसलाई सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष दाहालले संविधानमा दलित समुदायका लागि महत्वपूर्ण अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ केही न केही शिथिलता देखिएको भन्दै सबै क्षेत्रबाट दबाब जरुरी रहेको बताए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending