Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने अध्यक्ष प्रचण्डको घोषणा

खबरडबली संवाददाता
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीकोतर्फबाट अक्षय कोष बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दलित मुक्तिमोर्चाले आयोजना गरेको जनयुद्धका प्रथम सहिद दीलबहादुर रम्तेलको स्मरणमा आयोजित कार्यक्रममा उनले पार्टीकोतर्फबाट केही रकम उपलब्ध गराई त्यस्तो कोष स्थापना गर्ने बताए।
 
माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा २०५२ फागुन १४ गते गोरखामा दिलबहादुरको शहादत प्राप्त भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए । जनयुद्ध र त्यसबाट स्थापित भएको मूल्य तथा मान्यतालाई उल्ट्याउने प्रवृत्ति, विचार देखिएको भन्दै उहाँले पछिल्लो पटक संविधान, गणतन्त्र, उत्पीडित जनताको अधिकार खोस्ने षड्यन्त्रलाई निष्काम बनाइए पनि त्यस्ता शक्ति अझै कायम रहेको उल्लेख गरे।  
 
गठबन्धन सरकारको साझा कार्यक्रम बनाएर उत्पीडित वर्ग तथा समुदायको अधिकार स्थापित गर्ने प्रयास गरिरहेका भए पनि पछिल्लो दिनमा जनताले प्राप्त गरेको अधिकार गुम्ने त होइन भन्ने आशङ्का पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । “संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षाका लागि गठबन्धन स्थापना भएको भएपनि एमसिसीका कारण गठबन्धन टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हाबी हुने त होइन भन्ने स्थिति अहिले बनेको छ । त्यसलाई रोक्नुपर्ने अवस्था छ”, उनले भने, “संशोधनबिना एमसिसीलाई स्वीकार गर्न सकिँदैन भन्ने आफूहरुले धारणा रहेको छ ।”
 
अध्यक्ष दाहालले प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् वा देश र जनताका पक्षमा बनेको गठबन्धन नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको बताए। एमसिसी सम्झौता पनि अगाडि बढोस् र गठबन्धन पनि नटुटोस् भन्ने ध्येयका साथ आफूहरु लागिपरेको जानकारी दिँदै उहाँले सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
 
जनयुद्धमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पार्दै उनले समावेशी र समानुपातिक अधिकार दिएर मात्रै नपुग्ने भएकाले राज्यले विशेषाधिकार दिनुपर्ने व्यवस्था गर्नुपर्नेमा आफूहरु स्पष्ट रहेको बताए । दलित समुदायलाई अधिकार सम्पन्न बनाउन विशेष अधिकारसहितको व्यवस्था गर्न राज्य लाग्नुपर्ने र एक स्थानबाट मात्रै पहल गरेर नपुग्ने भएकाले सबै क्षेत्रबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।
 
सांस्कृतिक क्रान्तिबाट मात्रै दलित समुदायले खास अर्थमा मुक्ति पाउने भन्दै त्यसका लागि प्रतिबद्ध भएर लाग्न आग्रह गरे। विगतको क्रान्तिकारी स्पिरिटबाट कही न कही स्खलन देखिएकाले त्यसलाई सुधार गरेर जानुपर्ने आवश्यकता औँल्याए। अध्यक्ष दाहालले संविधानमा दलित समुदायका लागि महत्वपूर्ण अधिकार स्थापित गरिए पनि त्यसलाई कार्यान्वयन गर्नेतर्फ केही न केही शिथिलता देखिएको भन्दै सबै क्षेत्रबाट दबाब जरुरी रहेको बताए । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: