Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा

खबरडबली संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्द सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ ।

पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए ।

अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । ६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ । 

यस्तो छ अख्तियारको आरोप-पत्र दायर सम्बन्धि प्रेस विज्ञप्तिस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्री तथा नेपाल सरकारका पूर्व सचिवसमेत रहेका राम कुमार श्रेष्ठउपर बिगो रु.४,४५,२७,६६६.९८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

प्रेस विज्ञप्ति:

मिति २०७८.११.१५ गते ।

पूर्व सचिव एवम् पूर्व मन्त्री राम कुमार श्रेष्ठले पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवाको शिक्षक पदबाट मिति २०२६/१२/१८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६/०७/२६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४/१०/८ देखि अनिबार्य अबकाश पाएको र मिति २०६९/१२/६ देखि मिति २०७०/१०/२९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएको देखिँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवा प्रवेश गरेको मिति २०२६/१२/१८ गतेदेखि मिति २०७२/०९/०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा निज राम कुमार श्रेष्ठको कुल आय आर्जन रू.६,९०,१६,६२७.४० मा निजले गरेको कुल खर्च (व्यय)रू.११,३५,४४,२९४.३८ घटाउँदा हुन आउने रू.४,४५,२७,६६६.९८ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (बिशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदिय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।

पूर्व सचिव एवम पूर्व मन्त्री राम कुमार श्रेष्ठले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राम कुमार श्रेष्ठलाई बिगो रू.४,४५,२७,६६६.९८ (अक्षरूपी चार करोड पैचालीस लाख सत्ताईस हजार छ सय छैसठ्ठी पैसा अन्ठान्नब्बे मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको सजाय हुनका साथै निजले नेपाल सरकारको पूर्व सचिव एवम् पूर्व मन्त्रीसमेत भई सार्वजनिक पदको जिम्मेवारीमा रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिने र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९९ख० बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढेबढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी रु। ६८,५०,९५३.९४ (अठसठ्ठी लाख पचास हजार नौ सय त्रिपन्न रुपैया चौरान्नब्बे पैसा) समेत रोक्का राखी जफत हुन र अपुग बिगो रू.३,७६,७६,७१३.०४ (तीन करोड छहत्तर लाख छहत्तर हजार सात सय तेह्र रुपैया चार पैसा) र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितहरुको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्नको लागि सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज राम कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुलउपर हुन मागदाबी लिइएको छ ।

त्यसै गरी निज राम कुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग, दफा २९ उपदफा ९१० र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वती श्रेष्ठको नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत निज सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

प्रवक्ता

श्याम प्रसाद भण्डारी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: