Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा

खबरडबली संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्द सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग छ ।

पूर्व सचिव समेत रहेका श्रेष्ठ २०७० सालमा बनेको तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री थिए ।

अख्तियारले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो कामय गरेको छ । ६८ लाख ५० हजार ९ सय ५३ रुपैया बैक ब्यालेन्स देखिएकाले उक्त रकम जफत गर्न र बिगो बापत्को बाँकी रकम उनको जायजेथाबाट असुलउपर गर्न अख्तियारले मागदाबी गरेको छ । 

यस्तो छ अख्तियारको आरोप-पत्र दायर सम्बन्धि प्रेस विज्ञप्तिस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण एवम् युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्री तथा नेपाल सरकारका पूर्व सचिवसमेत रहेका राम कुमार श्रेष्ठउपर बिगो रु.४,४५,२७,६६६.९८ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

प्रेस विज्ञप्ति:

मिति २०७८.११.१५ गते ।

पूर्व सचिव एवम् पूर्व मन्त्री राम कुमार श्रेष्ठले पदमा बहाल रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवाको शिक्षक पदबाट मिति २०२६/१२/१८ गतेदेखि सेवामा प्रवेश गरी मिति २०३६/०७/२६ गते शाखा अधिकृत पदमा नियुक्त भई बिभिन्न मितिमा पदोन्नति हुँदै सचिव पदमा बढुवा भै मिति २०६४/१०/८ देखि अनिबार्य अबकाश पाएको र मिति २०६९/१२/६ देखि मिति २०७०/१०/२९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रालयको मन्त्रीसमेत भएको देखिँदा निज राम कुमार श्रेष्ठ सार्बजनिक सेवा प्रवेश गरेको मिति २०२६/१२/१८ गतेदेखि मिति २०७२/०९/०८ गते सम्मको अवधिलाई जाँच अवधि कायम गरी सो अवधिको आयव्ययको विश्लेषण गर्दा निज राम कुमार श्रेष्ठको कुल आय आर्जन रू.६,९०,१६,६२७.४० मा निजले गरेको कुल खर्च (व्यय)रू.११,३५,४४,२९४.३८ घटाउँदा हुन आउने रू.४,४५,२७,६६६.९८ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निजले नेपाल सरकारको शिक्षक हुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव (बिशिष्ट श्रेणी) तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको मन्त्री जस्तो सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफनो पदिय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आयो ।

पूर्व सचिव एवम पूर्व मन्त्री राम कुमार श्रेष्ठले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज राम कुमार श्रेष्ठलाई बिगो रू.४,४५,२७,६६६.९८ (अक्षरूपी चार करोड पैचालीस लाख सत्ताईस हजार छ सय छैसठ्ठी पैसा अन्ठान्नब्बे मात्र) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको सजाय हुनका साथै निजले नेपाल सरकारको पूर्व सचिव एवम् पूर्व मन्त्रीसमेत भई सार्वजनिक पदको जिम्मेवारीमा रहेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदाबी लिने र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९९ख० बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति तथा सो सम्पत्तिबाट बढेबढाएको चलअचल सम्पत्ति घरतर्फ, जग्गातर्फ एवं बैंक मौज्दात गरी रु। ६८,५०,९५३.९४ (अठसठ्ठी लाख पचास हजार नौ सय त्रिपन्न रुपैया चौरान्नब्बे पैसा) समेत रोक्का राखी जफत हुन र अपुग बिगो रू.३,७६,७६,७१३.०४ (तीन करोड छहत्तर लाख छहत्तर हजार सात सय तेह्र रुपैया चार पैसा) र सो को कानुनबमोजिम हुन आउने ब्याजसमेत आरोपितहरुको नाममा रहेको घर, जग्गाजमिन रोक्का राख्नको लागि सम्बन्धित निकायलाई लेखी पठाई रोक्का राख्ने र निज राम कुमार श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुलउपर हुन मागदाबी लिइएको छ ।

त्यसै गरी निज राम कुमार श्रेष्ठले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजकी श्रीमती सरस्वती श्रेष्ठ र छोरा सरोज श्रेष्ठको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६ग, दफा २९ उपदफा ९१० र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख। बमोजिम जफत गर्ने प्रयोजनार्थ तथा प्रतिवादी सरस्वती श्रेष्ठको नाममा रहेको स्रोत खुलेको सम्पत्तिबाट नपुग बिगो भरिभराउ गर्ने प्रयोजनको लागि समेत निज सरस्वती श्रेष्ठ र सरोज श्रेष्ठलाई प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको घर, जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।

प्रवक्ता

श्याम प्रसाद भण्डारी

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending