काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीलाई यथास्थितिमा पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु भएको वताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै लिङ्देनले एमसीसीलाई सम्झौता केवल आर्थिक सहायताको विषयमात्रै नभएको बताएका छन् ।
उनले तत्काल स्थगित गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने माग गरे ।
एमसीसी केवल आर्थिक सहायताको विषयमात्रै होइन, नेपाली जनता यो विषयमा विभाजित र विवादित भइरहेको अवस्थामा यसलाई राष्ट्रिय सहमति कायम गर्ने गरी स्थगन गरेर नयाँबाट अगाडि जानुपर्छ भनेर आग्रह गर्दछु,’ उनले भने, ‘यथास्थितिमा पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो ।’
उनले संसद्ले गर्ने सबै कामहरू राम्रो हुन्छ भन्ने नरहेको इतिहास साक्षी रहेको बताए । ‘महाकाली सन्धि गर्दाखेरि देशलाई लाभ हुन्छ भनेर कस्तो प्रचार गरिएको थियो, त्यसबाट के लाभ भयो ? हामीले भोग्दै आएकै छौं ।
प्रतिकृया लेख्नुहोस्: