Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

स्थानीय चुनाव : गाउँगाउँमा राजनीतिक दलका नेताको दौडधुप

खबरडबली संवाददाता

खोटाङ । सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी अस्तित्वमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ । एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ । एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो । 

गृहजिल्ला भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरेका छन्। 

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १०वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो । अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेता खटिनुभएको थियो । 

जिल्ला सभापति विष्णुकुमार राई, पूर्वपर्यटनमन्त्री सर्वधन राई, पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायत नेता निर्वाचनलाई लक्षित गरेर भूगोलमा खटिएका छन्। चुनावलक्षित पालिकास्तरीय कार्यक्रममा पालिकास्तरकै नेताहरू जुटेका छन् ।

अघिल्लो निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये चारवटामा कांग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न कांग्रेस लागिपरेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।  

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी तयारी थालेको छ । अघिल्लो निर्वाचनमा एउटा स्थानीय तहमा मात्र जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन् ।

माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, दुर्गाजयन्ती राईलगायत नेता दौडधुपमा छन् । सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताए। 

माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा १५० सदस्यीय वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए। 

एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)  पनि निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुँयालले बताए। आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको पूर्व सांसदसमेत रहनुभएका केन्द्रीय सदस्य फुँयालले बताए। 

एकीकृत समाजवादीले जिल्लाका १० मध्ये नौ स्थानीय तहमा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गरिरहेको छ । रावाबेँसी गाउँपालिकामा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गर्न बाँकी रहेको र उक्त स्थानीय तहमा चाँडै स्थापना गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष जलशेर राईले बताए।

जनता समाजवादी पार्टी पनि सङ्गठन विस्तारमा जुटेको छ । देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending