काभ्रे । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन्।
उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन्।
“तपाईँ शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस् उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ”, उनले भने।
राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए। उनले भने, “विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक हुनुपर्छ अनिमात्र क्षमतावान् जनशक्ति उत्पादन हुन्छ ।”
मुख्यमन्त्री पाण्डेले गुणस्तरीयताका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुञ्जेल छेऊमै ‘पाल टाँगेर’ बस्न उनले निर्देशन दिए। “निर्माण कम्पनीले पनि निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नुपर्छ”, उनले भने। विद्यालयका भौतिक पूर्वाधार निर्माणले शिक्षा क्षेत्र थप व्यवस्थित भएको उनको धारणा छ।
मुख्यमन्त्री पाण्डेले फरक प्रसङ्गमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताए। “सैन्य रणनीतिभित्र नपर्ने अमेरिकाले भनिसक्यो, हामीले निकै छलफल गरी अनुमोदन गरेका हौँ, व्याख्यामक टिप्पणी उसले मान्दैन भने हामीले पनि सहायता लिनैपर्छ भन्ने छैन”, उनले भने।
एमसिसीका विषयमा अझै गलत प्रचार भइरहनु राम्रो नभएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: