काभ्रे । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विद्यार्थीको क्षमता बढाउन जरुरी रहेको बताएका छन्।
उनले महाभारत गाउँपालिकामा एशियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण हुने तीन विद्यालयको सात भवनको संयुक्त शिलान्यास कार्यक्रमलाई बिहीबार घर्तीछापमा सम्बोधन गर्दै विषयगत रूपमा विद्यार्थीको क्षमतामा वृद्धि गराए मात्र अपेक्षित लाभ हासिल गर्न सकिने बताएका हुन्।
“तपाईँ शिक्षकहरू पूरानै ढर्रामा होइन, आफू पनि अध्ययन गरेर बदलिँदो प्रविधिको विकासका आधारमा विद्यार्थीलाई पढाउनुस् उनीहरुको क्षमता वृद्धि हुन्छ र एक क्षमतावान् नागरिक बन्दछ”, उनले भने।
राम्रा विद्यालय भवन र कक्षाकोठाले पढाउने नभई शिक्षक असल र क्षमतावान् भए चौरमा पनि राम्रो शिक्षण हुने बताए। उनले भने, “विद्यालय भवनजस्तै ज्ञान, सीप र क्षमतावान् राम्रो शिक्षक हुनुपर्छ अनिमात्र क्षमतावान् जनशक्ति उत्पादन हुन्छ ।”
मुख्यमन्त्री पाण्डेले गुणस्तरीयताका लागि व्यवस्थापन समितिका पदाधिकारीलाई विद्यालय भवन निर्माण सम्पन्न नहुञ्जेल छेऊमै ‘पाल टाँगेर’ बस्न उनले निर्देशन दिए। “निर्माण कम्पनीले पनि निर्धारित समयसीमाभन्दा अगावै भवन निर्माण सम्पन्न गर्नुपर्छ”, उनले भने। विद्यालयका भौतिक पूर्वाधार निर्माणले शिक्षा क्षेत्र थप व्यवस्थित भएको उनको धारणा छ।
मुख्यमन्त्री पाण्डेले फरक प्रसङ्गमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अमेरिकी सैन्य रणनीतिभित्र नपर्ने बताए। “सैन्य रणनीतिभित्र नपर्ने अमेरिकाले भनिसक्यो, हामीले निकै छलफल गरी अनुमोदन गरेका हौँ, व्याख्यामक टिप्पणी उसले मान्दैन भने हामीले पनि सहायता लिनैपर्छ भन्ने छैन”, उनले भने।
एमसिसीका विषयमा अझै गलत प्रचार भइरहनु राम्रो नभएको उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - ०९:३२
काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...
आश्विन ३ गते, २०८१ - ०९:२८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...
आश्विन ३ गते, २०८१ - ०९:१९
वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...
आश्विन ३ गते, २०८१ - ०९:०५
सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ
आश्विन ३ गते, २०८१ - ०८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...
आश्विन ३ गते, २०८१ - ०८:२८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...
आश्विन ३ गते, २०८१ - ०७:५५
काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...
आश्विन ३ गते, २०८१ - ०७:४८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...
आश्विन ३ गते, २०८१ - ०७:४३
काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...
आश्विन ३ गते, २०८१ - ०७:३०
काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...
प्रतिकृया लेख्नुहोस्: