मस्को । युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ ।
रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो ।
ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
रक्षा मन्त्रालयले युद्ध विराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् ।
युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।
“आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्ध विराम लागु हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस भन्ने उद्देश्यले अस्थायी युद्ध विराम गरिएको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
रुसी सेनाले गत फेब्रअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ ।
मारीओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्ध विराम घोषणा गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - ११:५२
बाजुरा। बाजुरामा चट्याङ लागेर ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन्। बुढा आइतबार दिउ...
बैशाख २१ गते, २०८३ - ११:४२
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज...
बैशाख २१ गते, २०८३ - ११:३४
धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्...
बैशाख २१ गते, २०८३ - ११:३१
धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गा...
बैशाख २१ गते, २०८३ - ११:०८
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदा...
बैशाख २१ गते, २०८३ - १०:१५
हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...
बैशाख २१ गते, २०८३ - ०९:५२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...


प्रतिकृया लेख्नुहोस्: