Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने

खबरडबली संवाददाता

हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिनिधिबीच हिल्सामा भएको अनौपचारिक छलफलपछि चिनियाँ पक्षले तत्काल पुल सञ्चालन नहुने जनाएको हो ।

दुवै देशका सीमा क्षेत्रसँग जोडिएका जिल्लाका प्रतिनिधिबीच कार्यस्थलमा आधारित सूचना आदानप्रदान कार्यक्रम हिल्सास्थित मितेरी पुलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।

शुक्रबार भएको उक्त छलफलमा चिनियाँ पक्षले पुल सञ्चालनअघि बेइजिङ सम्झौताअनुसार चीन सरकारले नेपाल सरकारलाई औपचारिक रूपमा पुल हस्तान्तरण गर्ने र नेपाल सरकारले त्यसलाई बुझ्ने प्रक्रिया पूरा हुनुपर्ने जानकारी गराएको उनले बताए। त्यसपछि मात्रै दुवै देशको सहमतिमा पुल सञ्चालन प्रक्रिया अगाडि बढाइने जनाइएको थियो ।

हिल्साको मितेरी पुलसँगै पुलको नेपाली क्षेत्रतर्फको पिलरदेखि करिब साढे तीन सय मिटर कालोपत्रे सडक पनि चीनले निर्माण गरेको छ । चिनियाँ पक्षले आफ्नोतर्फको प्रवेशद्वार निर्माण गरिसकेको छ भने नेपालतर्फको निर्माण कार्य अझै बाँकी रहेको छ ।

पुल निर्माणका क्रममा भएका सबै गतिविधिबारे चिनियाँ पक्षले नेपाली प्रतिनिधिलाई जानकारी गराएको थियो । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार नेपाल सरकार र चिनियाँ सरकारबीच भएको बेइजिङ सम्झौताको दफा ६ बमोजिम चीन सरकारले हिल्सामा उक्त पक्की पुल र सडक निर्माण गरेको हो ।

छलफलमा सीमा सुरक्षा तथा हिल्सा क्षेत्रमा दुवै देशविरुद्ध हुन सक्ने गतिविधिबारे पनि कुराकानी भएको थियो । दुवै पक्षले त्यस्ता गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली पक्षबाट प्रमुख जिल्ला अधिकारी रेग्मी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रहरी नायब उपरीक्षक शंकर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल तथा हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीलगायतको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् आजको मन्त्रिपरिषद्को निर्णयहरु

काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गर...

देउवाको पक्राउ अनुमति विवाद सर्वोच्च पुग्यो, सोमबार छलफल हुने

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सम्बन्धी विषय सर्वोच्च अदालत पुगेको छ। देउवाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भ...

जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने न...

स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नगरपालिका राज...

विपक्षी दललाई अर्थमन्त्रीको जवाफ: आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नू

काठमाडौँ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपक्षी दलले आफ्नै भाषा र दस्तावेज अनुमोदन गराउनका लागि अर्को निर्वाचन कुर्नुपर्ने बताएको छन्। मङ्गलवार प्र...

सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषद बैठक जारी छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक क...

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार ...

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिन म्याद

वीरगञ्ज । अभियन्ता दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ। सोमबार राति वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ ...

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। मंगलबार बसेको स...

नेप्से ६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ६.५१ अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको बजार मंगलबार थप गिरावटमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending