काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन्।
प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय ९वैशाख ३०० गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरे। उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताए । उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताए।
कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य–तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ । कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट, गणेश पाण्डे, महासचिव राजेश राई, उपमहासचिव हीरामान लामा, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठानका इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट प्रदेशका इञ्चार्ज रामेश्वर कार्कीलगायतले महाधिवेशनपछि चौतारीले वैचारिक, व्यावसायिक र साङ्गठनिक क्षेत्रमा सक्रियता अपनाउने बताए । चार वटै प्रदेशका अधिवेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारी संस्थाबाट आफुले ऋण लिएको भए ऋण तथा ब्याज तिर्नको लागि पत्र तथ...
पौष ७ गते, २०८१ - १६:५७
काठमाडौँ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारि...
पौष ७ गते, २०८१ - १६:५२
काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ। विधेयकमाथि राष्ट्रियसभाबाट ...
पौष ७ गते, २०८१ - १६:३४
काठमाडौँ। मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको अन्तिम खेलपछि बोल्टसका समर्थकहरु माथि भएको दुव्र्यवहारको भ्रत्सना गर्दै दोषी पक्ष...
पौष ७ गते, २०८१ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय ल...
पौष ७ गते, २०८१ - १६:२२
काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर दुई हजार ...
पौष ७ गते, २०८१ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी द...
पौष ७ गते, २०८१ - १५:५९
लेखनाथ। जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ...
पौष ७ गते, २०८१ - १५:५०
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आर...
पौष ७ गते, २०८१ - १५:३६
रियो दि जिनरियो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको राजमार्गमा यात्रुवाहक बस र ट्रकबीच भएको दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । घटनास्थलम...
प्रतिकृया लेख्नुहोस्: