बेइजिङ । चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताएका छन्।
चिनियाँ दैनिक ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री यीले आफूहरु रुस र युक्रेनबीच सिधा वार्ताको पक्षमा रहेको भन्दै संवादबाट मात्रै समस्या समाधान हुने प्रष्ट पारेका छन् । रुसको निकट सहयोगीका रुपमा रहँदै आएको चीनले यूक्रेनमाथि रुसी आक्रमणबारे ओपचारिक रूपमा पक्ष वा विपक्षमा कुनै प्रतिक्रिया दिएको छैन ।
चीन, भारत र संयुक्त राज्य इमिरेट्स राष्ट्रसंघमा यूक्रेन युद्धलाई लिएर भएका महत्वपूर्ण मतदानमा अनुपस्थित भएका थिए । चीन यूरोपमा युद्धको पक्षमा नरहेको भएपनि तर उसको रूससँगको सैन्य सहकार्य पनि बलियो बनाउन चाहन्छ ।
चिनियाँ विदेशमन्त्री यीले रूस र युक्रेनबीच इमान्दार वार्ता गराउन र रुसको सुरक्षा चासो सम्बोधन गर्न अमेरिका, नेटो र युरोपियन युनियनलाई आग्रह गर्नुभएको पनि ग्लोबल टाइम्सले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - ११:५२
बाजुरा। बाजुरामा चट्याङ लागेर ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन्। बुढा आइतबार दिउ...
बैशाख २१ गते, २०८३ - ११:४२
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज...
बैशाख २१ गते, २०८३ - ११:३४
धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्...
बैशाख २१ गते, २०८३ - ११:३१
धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गा...
बैशाख २१ गते, २०८३ - ११:०८
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदा...
बैशाख २१ गते, २०८३ - १०:१५
हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...
बैशाख २१ गते, २०८३ - ०९:५२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...


प्रतिकृया लेख्नुहोस्: