Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्। 

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन्। 

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरिन्। 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उहाँले  नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा  प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन्। 

“महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ । फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ । यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ,” राष्ट्रपतिले सन्देशमा भनिएको छ। 

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उहाँले सन्देशमा उल्लेख गरे। 

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । 

यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।  साथै उनले  महिलाको समान अधिकार स्थापित गर्दै सम्मानित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्नुहुने सबैप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। 

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा सभामुखले आजको दिनलाई समानता, अधिकार र महिला हिंसाविरुद्धको अभियानका रूपमा मनाइरहँदा प्राप्त अधिकारहरु कार्यान्वयनको प्रत्याभूति एवं विभेद अन्त्यका लागि जुट्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

काठमाडौंवासीको धारामा घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्ति...

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् । अबुधावी, बेइज...

कञ्चनपुरमा वर्षा र हुरीले धान बालीमा क्षति, किसान चिन्तित

कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा ...

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy