Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

युक्रेन युद्ध कसरी टुङ्गिएला ? पाँच सम्भावित परिदृश्य

पुटिनको चेतावनी : जुनसुकै नतिजाका लागि पनि तयार छौँ

खबरडबली संवाददाता

काठमाडौं । युद्धको कुहिरोमा हुँदा बाहिर निस्किने बाटो देख्न गाह्रो हुन्छ। युद्धक्षेत्रका समाचार, कूटनीतिक कुरा र पीडितका दुःखको भावनाले एकोहोरो बनाउन सक्छ।

त्यसैले अहिलेलाई एक कदम पछाडि हटेर सोचौँ: युक्रेन-रुस युद्धको अन्त्य कस्तो होला?

नेता र युद्ध योजनाकारले आकलन गरिरहेका सम्भावित परिदृश्यहरू के-के हुन्? कमैले ठोकुवा गरेर भन्न सक्छन् तर सम्भावित नतिजाहरू यस्ता हुन सक्छन्। तीमध्ये धेरै निराशाजनक छन्।

छोटो युद्ध

यो परिदृश्यमा रुसले सैन्य गतिविधि बढाउँछ र युक्रेनमाथि अझै धेरै आक्रमण गर्छ। अहिलेसम्म ठूलो भूमिका नखेलेको रुसी वायुसेनाले घातक आक्रमण गर्छ।

युक्रेनका महत्त्वपूर्ण पूर्वाधारहरूमा ठूलो साइबर आक्रमण हुन्छ। ऊर्जा वितरण र सञ्चार सञ्जाल काटिन्छन्। हजारौँ नागरिकको मृत्यु हुन्छ।

साहसिक प्रतिरोधका बाबजुद किएभ केही दिनमै रुसी नियन्त्रणमा पुग्छ र युक्रेनमा रुस-समर्थित सरकार स्थापित हुन्छ। राष्ट्रपति जेलेन्स्की मारिन्छन् वा पश्चिम युक्रेन वा विदेश भागेर आफ्नो सरकार कायम गरेको दाबी गर्छन्।

रुसी राष्ट्रपति पुटिनले विजयको उद्घोष गर्छन् र केही सैनिक फिर्ता गर्छन्। युक्रेनमा नियन्त्रण कायम राख्न केही सैनिक त्यही रहन्छन् र युक्रेन पनि बेलारुसजस्तै मस्कोको इसारामा चल्ने राष्ट्र बन्छ।

यो परिदृश्य असम्भव छैन तर यसका लागि केही कुराहरू मिल्नुपर्छ: रुसी सेनाले युद्ध तरिकामा सुधार गर्नुपर्छ र युक्रेनको प्रतिरोध कम हुनुपर्छ।

रुसले ग्रोन्जी कब्जा गर्दा चेचन्याका लडाकुहरू

पुटिनले युक्रेनको सत्ता परिवर्तन गर्न र पश्चिमासँग मिल्नबाट रोक्न सक्छन्। तर रुस-समर्थित सरकार गैरकानुनी र विरोधको निसाना हुनेछ। यो परिदृश्यमा युक्रेन अस्थिर हुनेछ र पुनः सङ्घर्ष हुने सम्भावना उच्च हुनेछ।

लामो युद्ध

तर, यो युद्ध लामो हुने सम्भावना बढी छ। रुसी सैनिकहरू नैतिक बल वा कमजोर व्यवस्थापन वा कमजोर नेतृत्वका कारण कमजोर हुनेछन् अथवा युक्रेनको सडकमा भएका प्रतिरोधका कारण रुसी सेनालाई सहर कब्जा गर्न असहज हुनेछ।

यस्तो अवस्थाले सन् १९९० को दशकमा रुसी सेनाले चेचन्याको राजधानी ग्रोन्जीलाई कब्जा र ध्वस्त गर्न लगाएको लामो र क्रूर सङ्घर्षको झझल्को दिनेछ।

अनि रुसी सेना युक्रेनको सहरहरूमा उपस्थित भए पनि उनीहरूलाई नियन्त्रण कायम राखिराख्न गाह्रो हुनसक्छ। युक्रेनको सेना स्थानीय बासिन्दाको सहयोगप्राप्त विद्रोही हुन सक्छन्। उनीहरूलाई पश्चिमा देशहरूले हतियार दिइराख्नेछन्।

तर सायद धेरै वर्षपछि मस्कोमा नयाँ नेतृत्व आएपछि रुसी सेनाले सन् १९८९ मा अफगानिस्तान छोडे जस्तै युक्रेन छोड्नेछन्।

युरोपेली युद्ध

के यो युद्ध युक्रेनको सीमाबाहिर पुग्न सक्ला ? पुटिनले नेटोको सदस्य नभएका सोभियत सङ्घका पुराना क्षेत्रहरू जस्तै मल्डोभा र जर्जियामा सेना पठाएर कब्जा गर्ने प्रयास गर्न सक्छन्।

खार्किभ

अथवा कुनै गल्तीले वा जानीजानी युरोपमा युद्ध सुरु हुनसक्छ। पुटिनले युक्रेनलाई हतियार दिने पश्चिमा देशहरूको कदमलाई आक्रमण भन्दै प्रतिरोध गर्नुपर्ने बताउन सक्छन्। उनले नेटोका सदस्य रहेका लिथूएनिआजस्ता देशमा सेना पठाउने धम्की दिन सक्छन्।

यो परिदृश्य धेरै खतरनाक हुन्छ र नेटोसँग युद्धको जोखिममा हुन्छ। नेटोको सैन्य सहयोग चार्टरको दफा ५ का अनुसार कुनै एक सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमण हो।

तर, आफ्नो नेतृत्व बचाउने एक मात्र विकल्प त्यही भएको अवस्थामा पुटिनले यस्तो जोखिम मोल्न सक्छन्।

पुटिनलाई युक्रेनमा हार्न लागेको महसुस भयो भने उनी जोखिम लिने मनस्थितिमा पुग्न सक्छन्।

अहिलेसम्म थाहा भइसकेको कुरा के हो भने अन्तर्राष्ट्रिय मान्यताहरू तोड्न पुटिन सङ्कोच गर्दैनन्। त्यही कुरा परमाणुअस्त्रको विषयमा पनि लागु हुन्छ।

कूटनीतिक समाधान

यो सबैबीच के कूटनीतिक समाधान सम्भव छ?

"अहिले बन्दुक बोलिरहेको छ तर संवादको बाटो जहिले पनि खुला रहनुपर्छ," संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले भनेका छन्।

निश्चित रूपमा संवाद कायम छ। फ्रान्सका राष्ट्रपति माक्रोँले फोनमा पुटिनसँग संवाद गरेका छन्।

खार्किभ

अनि आश्चर्यजनक रूपमा रुसी र युक्रेनी अधिकारीहरू बेलारुसको सीमामा वार्ताका लागि भेटेका छन्। उनीहरूले उपलब्धि हासिल नगरेकै भए पनि पुटिनले कम्तीमा वार्तापछिको युद्धविरामलाई नकारेका छैनन्।

तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न पश्चिमाहरूले रुसलाई युद्ध रोक्ने खालको प्रस्ताव दिन सक्छन् कि सक्दैनन् भन्ने हो। रुसमाथिका प्रतिबन्ध हटाउन के चाहिन्छ भन्ने कुरा रुसी नेतृत्वलाई थाहा हुनु आवश्यक भएको कूटनीतिज्ञहरू बताउँछन्।

यो परिदृश्य कल्पना गरौँ: रुसका लागि युद्ध खराब भयो, प्रतिबन्धका कारण मस्कोलाई गाह्रो भयो र रुसी सैनिकका मृत्युका कारण रुसमा पुटिनविरोधी भावना बढ्यो। यस्तो अवस्थामा पुटिनले आफूले गल्ती गरेको अनुभव भयो भने पनि उनलाई युद्ध रोक्दा हुनसक्ने बेइज्जतीका कारण यसलाई निरन्तर राख्ने दबाव हुनसक्छ।

चीनले यस्तो अवस्थामा रुसलाई युद्ध नरोकेसम्म रुसबाट तेल र ग्यास नकिन्ने बताउन सक्छ। यस्तो अवस्थामा पुटिनलाई बाहिर निस्किने सहज बाटो चाहिन्छ।

त्यस्तै युक्रेनको नेतृत्वले पनि देश विनाशभन्दा राजनीतिक सहमतिको बाटो रोज्न सक्छ। त्यस्तो अवस्थामा कूटनीतिज्ञहरूले सहमतिको प्रयास गर्नेछन्।

मानौँ युक्रेनले क्राइमिया र डोन्बासका केही क्षेत्र रुसकै रहेको मान्न सक्छ अनि रुसले युक्रेनको स्वतन्त्रता र युरोपसँगको मित्रता मान्न सक्छ। यो अहिले सम्भव देखिन्न तर हिंसात्मक युद्धको अन्त्यमा यस्तो परिदृश्य पनि सम्भव हुनसक्छ।

पुटिनको बहिर्गमन

अनि भ्लादिमिर पुटिन? उनले आक्रमणको घोषणा गर्दा भनेका थिए: "हामी जुनसुकै नतिजाका लागि पनि तयार छौँ।"

तर यसको नतिजा पुटिनको शक्ति नै गुम्ने भयो भने? यो अहिले असम्भव नै देखिन्छ। हालैका दिनमा विश्व परिवर्तित भएको छ र यो कुरा पनि हुनसक्ने मानिन थालेको छ।

किङ्स कलेज लन्डनका युद्ध अध्ययनका प्राध्यापक सर लरेन्स फ्रेडम्यानले यो साता लेखेका छन्: "अहिले जति किएभमा सत्तापलट हुने सम्भावना छ त्यति नै मस्कोमा पनि छ।"

रुसी विरोध

उनी किन यस्तो लेखे?

सायद पुटिनले विध्वंसात्मक युद्ध सुरु गरेका छन्। हजारौँ रुसी सेना मारिएका छन्। आर्थिक प्रतिबन्धले पोल्छ। पुटिनले जनसमर्थन गुमाउँछन्। अनि सम्भवतः जनआन्दोलनको वातावरण बन्नेछ।

उनले त्यो दबाउन खोज्नेछन् तर धेरै सैन्य, राजनीतिक र प्रभावशाली व्यक्तिहरू पुटिनको विरोधमा हुनेछन्। पश्चिमा देशहरूले पुटिनको स्थानमा अरू आएका प्रतिबन्ध हटाउने बताउन सक्छन्।

क्रेम्लिनमा हिंसात्मक सत्तापलट हुनसक्छ।

यो अहिले सम्भव देखिँदैन तर जब पुटिनबाट फाइदा लिइरहेका मानिसहरूले उनले आफ्नो स्वार्थपूर्ति गर्न नसक्ने देख्छन् तब केही भन्न सकिँदैन।

निष्कर्ष

यी परिदृश्यहरू ठ्याक्कै हुन्छन् भन्न सकिँदैन। तर यीमध्ये केही मिलेको समाधान पनि हुनसक्छ।

तर, यो युद्ध जसरी सकिए पनि विश्व परिवर्तित भएको छ। रुसको बाहिरी विश्वसँगको सम्बन्ध फरक हुनेछ। युरोपको सुरक्षा सोचमा भिन्नता देखिनेछ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: