Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

खबरडबली संवाददाता

काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् । अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु भएको कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो । 

त्यस अवसरमा राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व भएको बताए । 

यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताए।

चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी–व्यवसायी, सञ्चारकर्मीलगायत दुई सय ५० जनाको सहभागिता थियो । त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया–प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी  सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो । 

सहायक विदेशमन्त्री शाहीनले दुई देशबीच व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा आपसी सहयोग विस्तार हुँदै जाने विश्वास व्यक्त गरे । 

इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

त्यस अवसरमा इजिप्टमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ ।

यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताए।

नेपाल–डेनमार्क सम्बन्धबारे चर्चा गर्दै उनले व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध वृद्धिमा जोड दिएका थिए । त्यस अवसरमा डेनमार्क सरकारका वरिष्ठ अधिकारी, कोपनहेगन नगरका प्रमुख, त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवं तिनका प्रतिनिधि, प्राध्यापक, नेपालका मित्र, डेनमार्कमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली तथा सञ्चारकर्मीसहित एक सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending