Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

को हुन् पुटिनका विशेष सहयोगी ? जसले युद्धको योजना बुने

युद्धमा सेनालाई होम्ने भ्लादिमिर पुटिन, जसको व्यक्तित्व एकलकाँटे छ

खबरडबली संवाददाता

काठमाडौं । रुसको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने सम्भावना भएको उच्च जोखिमयुक्त युद्धमा रुसी सेनालाई होम्ने भ्लादिमिर पुटिनको व्यक्तित्व एकलकाँटे खालको छ।

आफ्ना विश्वासपात्र र निकटतम सल्लाहकारसँगका पछिल्ला दुई बैठकमा उनी स्पष्ट रूपमा पर बसेका थिए। त्यो सुनियोजित जस्तो पनि देखिन्थ्यो।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको को हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी उनमा निहित छ। तर उनी भने सधैँ आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्।

आफ्नो शासनकालमा उत्पन्न सबैभन्दा कठिन अहिलेको अवस्थामा उनी कसको कुरा सुन्छन् त?

सर्गेई शोइगु।

यदि कसैको कुरा पुटिन सुन्छन् भने ती व्यक्ति पुटिनसँग लामो सङ्गत रहेका रक्षामन्त्री सर्गेई शोइगु हुन्। उनले पुटिनले जसरी नै युक्रेनलाई निरस्त्र पार्ने र रुसलाई पश्चिमा साझेदारहरूको सुरक्षा धम्कीबाट जोगाउनुपर्ने बताउँदै आएका छन्।

यी ती व्यक्ति हुन् जो पुटिनसँगै साइबेरियामा सिकार गर्न र माछा मार्न जान्छन्। विगतमा उनलाई पुटिनको सम्भावित उत्तराधिकारीको रूपमा चित्रण गरिएको थियो।

तर, तल देखाइएको यो असाधारण तस्बिरमा उनी पुटिनभन्दा पर देखिन्छन्।

उनी उनी सशस्त्र बलका प्रमुखको छेउमा छन्। यसले हाल पुटिनले उनको कुरा कति सुन्छन् भन्ने विषयमा संशय उत्पन्न हुन्छ।

बैठकमा रुसी राष्ट्रपति त अन्य अधिकारीहरू

एउटा बैठकमा रुसी राष्ट्रपति र अन्य अधिकारीहरू

 

उक्त तस्बिर रुसले युक्रेनमा सैन्य आक्रमण गरेको तेस्रो दिनपछि लिइएको हो। त्यतिबेला रुसी सेना युक्रेनमा भएको अप्रत्याशित प्रतिकारका कारण कमजोर मनोबलसँग सङ्घर्ष गरिरहेको थियो।

'शोइगु किएभतिर गएको हुनुपर्थ्यो। किनकि उनी रक्षामन्त्री हुन् र उनले यो युद्ध जित्नुपर्थ्यो' सशस्त्र द्वन्द्वविज्ञ भेरा मिरोनोभा भन्छिन्।

सन् २०१४ मा उनलाई क्राइमियामाथिको सैन्य नियन्त्रणको श्रेय दिइएको थियो। उनी सैन्य गुप्तचर निकाय जीआरयूको समेत नेृतत्व गर्थे। उक्त निकायलाई दुई चरहरूलाई विष आक्रमण गरिएको आरोप लागेको थियो - पहिलो सन् २०१८ मा यूकेको सालिस्बरीमा र सन् २०२० मा विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा।

प्रस्तुत तस्बिर थप नजिकबाट नियाल्दा अवस्था झनै विषम देखिन्छ। 'यो मलाम गएको बेला जस्तो देखिन्छ' मिरोनोभाले भनिन्।

भालेरी गेरासिमोभ र सर्गेई शोइगु।

भालेरी गेरासिमोभ र सर्गेई शोइगु

 

यो दृश्य केही असहज देखिए पनि रुसी सुरक्षाविज्ञ एवं लेखक आन्द्रेई सोल्दातोभका अनुसार रक्षामन्त्री शोइगु अझै पनि पुटिनले बढी कुरा सुन्ने र निकटस्थ विश्वासपात्र हुन्।

'शोइगुले सैन्य मामिला मात्र नभई रुसी विचारधारा पनि हेर्छन्। रुसी विचारधारा इतिहाससँग जोडिएको छ र उनी यो भाष्यलाई नियन्त्रण गर्छन्।'

भालेरी गेरासिमोभ।

रुसी सैन्य बलको प्रमुख भएकाले युक्रेनमा आक्रमण गर्ने र काम चाँडै फत्ते गर्ने जिम्मा भालेरी गेरासिमोभको हो। तर, उनले नतिजा हात पारिसकेका छैनन्।

सन् १९९९ को चेचेन युद्धमा रुसी फौजको नेतृत्व गरेदेखि उनले अहिलेसम्म पुटिनका अधिकांश सैन्य अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेनविरुद्धको सैन्य आक्रमणको योजनामा पनि उनी अग्रपङ्क्तिमा खटेका थिए। गत महिना उनलाई बेलारुसमा सैन्य अभ्यासको निरीक्षण गरेको देखिएको थियो।

रुसी मामिलाविज्ञ मार्क गालिओटीले जेनरल भालेरी गेरासिमोभलाई 'रूखो र जब्बर' को सङ्ज्ञा दिएका छन्। उनका अनुसार क्राइमिया रुसमा गाभ्ने सैन्य अभियानमा गेरासिमोभको भूमिका प्रमुख थियो।

युक्रेनविरुद्धको सैन्य अभियानको सुस्त थालनी र रुसी सेनाको खस्किँदो मनोबलका कारण उनलाई अहिले कुनामा पारिएको केही विवरणहरूले जनाएका छन्।

तर, रुसी अनुसन्धान पत्रकार आन्द्रेई सोल्दातोभका अनुसार केही मानिसहरू 'पुटिनले सबै मामिला र सबै सैन्य सैनिक दलको एक्लै निरीक्षण गर्न सक्दैनन् र यही उनको जिम्मेवारी हो' जस्ता आशावादी टिप्पणी गरेको बताउँछन्। 

उनी भन्छन्, 'रक्षामन्त्रीलाई आफ्नो सैनिक पोसाकप्रतिको मोह निकै होला, तर सैन्य अनुभव अभावका कारण उनले पनि विशेषज्ञको भर पर्नुपर्ने हुन्छ।'

निकोलाइ पात्रुशेभ।

'पात्रुशेभ एक आक्रामक र हक्की स्वभावका व्यक्ति हुन्। उनी पश्चिमा मुलुकहरूले वर्षौँदेखि रुसलाई कमजोर बनाउन खोजेको ठान्छन्' यूनिभर्सिटी कलेज लन्डनका सहप्राध्यापक बेन नोबलले भने।

उनी पुटिनका तीन बफादारमध्ये एक हुन् जसले सन् १९७० यता पुटिनसँगै सेन्ट पिटर्सबर्गमा सेवा गरेका थिए। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्ग त्यतिबेला लेनिनग्रादको नामले चिनिन्थ्यो।

अन्य दुई बफादारमा सुरक्षा सेवा प्रमुख अलेक्जेन्डर बोर्न्तिकोभ र परराष्ट्र गुप्तचर प्रमुख सर्गेई नारीश्किन हुन्। राष्ट्रपतिको सबै भित्री र निकटस्थहरूलाई 'सिलोभिकी' भनिन्छ। तर, यी तीन व्यक्ति पुटिनका निकटतम भएको विश्वास गरिन्छ।

पुटिनमा प्रभाव पार्न सक्ने केहीमा निकोलाई पात्रुशेभ पनि पर्छन्।

उनले कम्युनिस्ट शासनकालमा 'केजीबी' भनिने सुरक्षा निकायमा पुटिनसँगै काम गरे। सन् १९९९ मा केजीबीको उत्तराधिकारीको रूपमा आएको अर्को संस्था 'एफएसबी' मा पुटिनलाई प्रतिस्थापन गर्दै उनी प्रमुखको रूपमा आएका थिए। उनले त्यहाँ सन् २००८ सम्म सेवा गरे।

अलेक्जेन्डर बोर्तिन्कोभ।

युक्रेनमा धावा बोल्नु तीन दिनअघि पात्रुशेभले रुसी सुरक्षा परिषद्को बैठकमा अमेरिकाप्रतिको आफ्नो अडान स्पष्ट गरे। रुसलाई विभाजन गर्नु अमेरिकाको उद्देश्य भएको उनको भनाइ थियो।

उक्त बैठक एउटा विशिष्ट रङ्गमञ्चको हिस्साजस्तै देखिएको थियो, राष्ट्रपति पुटिन केही पर डेस्कमा बसेर सभा चलाउँदै थिए भने उनको सुरक्षा टोलीका सदस्यहरू एक-एक गर्दै माइक भएको ठाउँमा पुगेर युक्रेनमा रुस-समर्थित विद्रोहीहरूको स्वतन्त्रतालाई मान्यता दिनेबारे आफ्नो विचार व्यक्त गर्दै थिए।

पात्रुशेभले उक्त बैठकमा पुटिनलाई प्रभावित पारे। 'सैन्य आक्रमणमा विश्वास गर्ने अधिकारीहरूमध्ये उनी एक प्रमुख हुन्। अनि धेरैको अनुमानअनुसार पुटिन उनकै चरम सैन्यवादतर्फ ढल्किँदै छन्', बेन नोबलले भने।

क्रेम्लिन नियालिरहेका केही पर्यवेक्षकहरूका अनुसार रुसी राष्ट्रपति अन्य स्रोतबाट प्राप्त जानकारीभन्दा सैन्य निकायबाट प्राप्त जानकारीप्रति अधिक विश्वास गर्छन्। यस मामिलामा अलेक्जेन्डर बोर्न्तिकोभ पुटिनसँग नजिक मानिन्छन्।

सुरक्षा परिषद्मा पुटिनद्वारा आयोजित बैठक।

उनको पुटिनसँगको सङ्गत लेनिनग्रादस्थित केजीबीमा काम गर्दादेखिकै हो। केजीबीको उत्तराधिकारी निकाय एफएसबीको प्रमुखको रूपमा निकोलाई पात्रुशेभपश्चात् उनी आएका थिए।

पात्रुशेभ र बोर्त्निकोभ दुवै पुटिनको निकटस्थ र विश्वासपात्र मानिन्छन्। तर बेन नोबलका अनुसार पुटिनले लिने निर्णयहरू यी दुईमध्ये कसको हो भनेर खुट्याउन गाह्रो छ।

देशका कानुन कार्यान्वयनकारी निकायहरूमा एफएसबीकोप विशेष प्रभाव छ र उसको आफ्नै छुट्टै विशेष फौज पनि छ। आन्द्रेई सोल्दातोभका अनुसार बोर्न्तिकोभ महत्त्वपूर्ण छन्। तर, उनी पुटिनलाई चुनौती वा अरूले जसरी सुझाव दिन सक्दैनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending