Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

खबरडबली संवाददाता

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ। उक्त निर्णय गर्न भएको मतदानमा नेपाल सहभागी नभई तटस्थ बस्यो।

प्यालेस्टाइनले मस्यौदा गरेको उक्त प्रस्तावको पक्षमा १२४ राष्ट्र र विपक्षमा १४ राष्ट्र उभिए। नेपालसहित ४३ राष्ट्र तटस्थ बसे। गैरसदस्य पर्यवेक्षक राष्ट्र भएकाले प्यालेस्टिनी प्रतिनिधिले मतदान गर्न नपाएकोे बीबीसीले जनाएको छ। 

राष्ट्रसङ्घीय महासभाबाट पारित प्रस्तावहरू बाध्यकारी हुँदैनन्। तर ती प्रस्तावमा १९३ राष्ट्रको धारणा प्रतिबिम्बित हुने हुँदा तिनलाई साङ्केतिक र राजनीतिक दृष्टिबाट अर्थपूर्ण मानिन्छ।

गत जुलाई महिनामा राष्ट्रसङ्घको सबैभन्दा ठूलो न्यायालयले अन्तराष्ट्रिय कानुन उल्लङ्घन गर्दै इजरेलले वेस्ट ब्याङ्क, ईस्ट जेरुसलेम र गाजा स्ट्रिपमा कब्जा गरेको राय प्रस्तुत गरेपछि उक्त प्रस्ताव मस्यौदा गरिएको हो।

इजरेल र प्यालेस्टाइन दुवैलाई मान्यता दिएको नेपाल वर्षौँदेखि "दुई राज्यसहितको समाधान" हुनुपर्ने मान्यतामा देखिएको छ। तर बुधवार भएको मतदानमा नेपाल इजरेलविरुद्ध उभिएन।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये संयुक्त राज्य अमेरिका मात्र प्रस्तावको विपक्षमा उभिएको थियो। यूके तटस्थ रह्यो भने चीन, फ्रान्स र रुसले पक्षमा मतदान गरे। दक्षिण एशियाली देशमध्ये भारत पनि तटस्थ बस्यो।

अफगानिस्तान मतदान प्रक्रियामा सहभागी नै भएन भने बाङ्ग्लादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्सले पक्षमा मतदान गरे।

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी दूतले मतदान आफ्नो “स्वतन्त्रता र न्यायको सङ्घर्षमा” एउटा मोड भएको टिप्पणी गरे। इजरेली प्रतिनिधिले त्यसलाई “कूटनीतिक आतङ्कवाद” को सङ्ज्ञा दिए।

संयुक्त राष्ट्रसङ्घमा नेपालीका भूतपूर्व स्थायी प्रतिनिधि प्रा जयराज आचार्यले नेपालको परराष्ट्रनीतिको आधार 'शान्तिपूर्ण सहअस्तित्व' भए पनि अन्तर्राष्ट्रिय मञ्चमा बेलाबखत देशलाई आफ्नो धारणा राख्न 'सकस' पर्ने गरेको बताउँछन्।

“इजरेली र प्यालेस्टिनीहरू पनि मिलेर नै बसून् भन्ने हाम्रो नीति हो। एकले अर्कोलाई सिध्याऊन् भन्ने कदापि होइन,” पूर्वकूटनीतिज्ञ आचार्य भन्छन्, “हामी दुवैको विपक्षमा छैनौँ। तर यो विषय जटिल छ र हामीलाई सधैँ नै सकस पर्ने गरेको छ।”

नेपालको इजरेलसँग द्विपक्षीय तहमा इतिहासदेखि नै राम्रो सम्बन्ध रहेको कूटनीतिज्ञहरू बताउँछन्। सन् १९६० मा प्रधानमन्त्री बीपी कोइरालाले आफ्ना दुवै छिमेकीभन्दा फरक रहेर इजरेलसँग कूटनीतिक सम्बन्ध गाँस्ने निर्णय लिएका थिए।

नेपाल उक्त यहुदी राष्ट्रलाई सबैभन्दा पहिले मान्यता दिनेमा पहिलो एशियाली देश थियो।

तर राष्ट्रसङ्घमा हुने मत विभाजनमा नेपालको मत प्रायशः प्यालेस्टाइनको पक्षमा जाने गरेको पूर्वकूटनीतिज्ञ आचार्य बताउँछन्। “प्यालेस्टिनीहरूलाई मर्का परेको कुरामा पनि हामी उत्तिकै संवेदनशील छौँ र अत्यधिक मत उनीहरूकै पक्षमा दिएका छौँ,” आचार्य भन्छन्।

“इजरेलसँगको हाम्रो सम्बन्ध द्विपक्षीय तहमा राम्रोसँग कायम गरेका छौँ। इजरेललाई खासै अर्थ नरहने विषयमा कहिलेकाहीँ उसलाई सहयोगी हुने गरी देखिने गरेका छौँ।”

अर्का एक पूर्वकूटनीतिज्ञ राष्ट्रसङ्घमा शक्तिराष्ट्रले गर्ने राजनीतिको प्रभाव कहिलेकाहीँ यस्ता मतदानमा देखिने गरेको बताए।

सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री छँदा उनका परराष्ट्र सल्लाहकार भएका डा दिनेश भट्टराईले शक्तिराष्ट्रको खेलको प्रभाव पर्न सक्ने भएकाले नेपालले तटस्थ रहँदा पनि आफ्नो अडान स्पष्ट पार्ने गरी मध्यमार्गी बाटो लिनुपर्ने धारणा राख्छन्।

“कहिलेकाहीँ प्रस्तावको शीर्षक जेजस्तो भए पनि त्यसका कतिपय शब्दावलीमा विमति रहँदा समेत तटस्थ हुने गरिन्छ,” पूर्वकूटनीतिज्ञ भट्टराईले भने।

“हामीले त इजरेलको अस्तित्वको अधिकार छ र उसको आत्मरक्षाको अधिकार पनि छ भनिरहँदा कतिपय कुरालाई त्यस बीचमा रहेर हेर्नुपर्ने हुन्छ।”

राष्ट्रसङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू चिढ्याउने जोखिम समेत नेपालले खासै नलिने गरेको बताइन्छ।

परराष्ट्रविद्हरूका अनुसार नेपालले अन्तर्राष्ट्रिय मामिलामा बोल्दा भारत र चीनजस्ता छिमेकीहरूले लिने पक्षधरतालाई समेत आफ्नो धारणा निर्माणको आधार बनाउने गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending