Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

खबरडबली संवाददाता

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ। उक्त निर्णय गर्न भएको मतदानमा नेपाल सहभागी नभई तटस्थ बस्यो।

प्यालेस्टाइनले मस्यौदा गरेको उक्त प्रस्तावको पक्षमा १२४ राष्ट्र र विपक्षमा १४ राष्ट्र उभिए। नेपालसहित ४३ राष्ट्र तटस्थ बसे। गैरसदस्य पर्यवेक्षक राष्ट्र भएकाले प्यालेस्टिनी प्रतिनिधिले मतदान गर्न नपाएकोे बीबीसीले जनाएको छ। 

राष्ट्रसङ्घीय महासभाबाट पारित प्रस्तावहरू बाध्यकारी हुँदैनन्। तर ती प्रस्तावमा १९३ राष्ट्रको धारणा प्रतिबिम्बित हुने हुँदा तिनलाई साङ्केतिक र राजनीतिक दृष्टिबाट अर्थपूर्ण मानिन्छ।

गत जुलाई महिनामा राष्ट्रसङ्घको सबैभन्दा ठूलो न्यायालयले अन्तराष्ट्रिय कानुन उल्लङ्घन गर्दै इजरेलले वेस्ट ब्याङ्क, ईस्ट जेरुसलेम र गाजा स्ट्रिपमा कब्जा गरेको राय प्रस्तुत गरेपछि उक्त प्रस्ताव मस्यौदा गरिएको हो।

इजरेल र प्यालेस्टाइन दुवैलाई मान्यता दिएको नेपाल वर्षौँदेखि "दुई राज्यसहितको समाधान" हुनुपर्ने मान्यतामा देखिएको छ। तर बुधवार भएको मतदानमा नेपाल इजरेलविरुद्ध उभिएन।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये संयुक्त राज्य अमेरिका मात्र प्रस्तावको विपक्षमा उभिएको थियो। यूके तटस्थ रह्यो भने चीन, फ्रान्स र रुसले पक्षमा मतदान गरे। दक्षिण एशियाली देशमध्ये भारत पनि तटस्थ बस्यो।

अफगानिस्तान मतदान प्रक्रियामा सहभागी नै भएन भने बाङ्ग्लादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्सले पक्षमा मतदान गरे।

राष्ट्रसङ्घका लागि प्यालेस्टिनी दूतले मतदान आफ्नो “स्वतन्त्रता र न्यायको सङ्घर्षमा” एउटा मोड भएको टिप्पणी गरे। इजरेली प्रतिनिधिले त्यसलाई “कूटनीतिक आतङ्कवाद” को सङ्ज्ञा दिए।

संयुक्त राष्ट्रसङ्घमा नेपालीका भूतपूर्व स्थायी प्रतिनिधि प्रा जयराज आचार्यले नेपालको परराष्ट्रनीतिको आधार 'शान्तिपूर्ण सहअस्तित्व' भए पनि अन्तर्राष्ट्रिय मञ्चमा बेलाबखत देशलाई आफ्नो धारणा राख्न 'सकस' पर्ने गरेको बताउँछन्।

“इजरेली र प्यालेस्टिनीहरू पनि मिलेर नै बसून् भन्ने हाम्रो नीति हो। एकले अर्कोलाई सिध्याऊन् भन्ने कदापि होइन,” पूर्वकूटनीतिज्ञ आचार्य भन्छन्, “हामी दुवैको विपक्षमा छैनौँ। तर यो विषय जटिल छ र हामीलाई सधैँ नै सकस पर्ने गरेको छ।”

नेपालको इजरेलसँग द्विपक्षीय तहमा इतिहासदेखि नै राम्रो सम्बन्ध रहेको कूटनीतिज्ञहरू बताउँछन्। सन् १९६० मा प्रधानमन्त्री बीपी कोइरालाले आफ्ना दुवै छिमेकीभन्दा फरक रहेर इजरेलसँग कूटनीतिक सम्बन्ध गाँस्ने निर्णय लिएका थिए।

नेपाल उक्त यहुदी राष्ट्रलाई सबैभन्दा पहिले मान्यता दिनेमा पहिलो एशियाली देश थियो।

तर राष्ट्रसङ्घमा हुने मत विभाजनमा नेपालको मत प्रायशः प्यालेस्टाइनको पक्षमा जाने गरेको पूर्वकूटनीतिज्ञ आचार्य बताउँछन्। “प्यालेस्टिनीहरूलाई मर्का परेको कुरामा पनि हामी उत्तिकै संवेदनशील छौँ र अत्यधिक मत उनीहरूकै पक्षमा दिएका छौँ,” आचार्य भन्छन्।

“इजरेलसँगको हाम्रो सम्बन्ध द्विपक्षीय तहमा राम्रोसँग कायम गरेका छौँ। इजरेललाई खासै अर्थ नरहने विषयमा कहिलेकाहीँ उसलाई सहयोगी हुने गरी देखिने गरेका छौँ।”

अर्का एक पूर्वकूटनीतिज्ञ राष्ट्रसङ्घमा शक्तिराष्ट्रले गर्ने राजनीतिको प्रभाव कहिलेकाहीँ यस्ता मतदानमा देखिने गरेको बताए।

सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री छँदा उनका परराष्ट्र सल्लाहकार भएका डा दिनेश भट्टराईले शक्तिराष्ट्रको खेलको प्रभाव पर्न सक्ने भएकाले नेपालले तटस्थ रहँदा पनि आफ्नो अडान स्पष्ट पार्ने गरी मध्यमार्गी बाटो लिनुपर्ने धारणा राख्छन्।

“कहिलेकाहीँ प्रस्तावको शीर्षक जेजस्तो भए पनि त्यसका कतिपय शब्दावलीमा विमति रहँदा समेत तटस्थ हुने गरिन्छ,” पूर्वकूटनीतिज्ञ भट्टराईले भने।

“हामीले त इजरेलको अस्तित्वको अधिकार छ र उसको आत्मरक्षाको अधिकार पनि छ भनिरहँदा कतिपय कुरालाई त्यस बीचमा रहेर हेर्नुपर्ने हुन्छ।”

राष्ट्रसङ्घको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू चिढ्याउने जोखिम समेत नेपालले खासै नलिने गरेको बताइन्छ।

परराष्ट्रविद्हरूका अनुसार नेपालले अन्तर्राष्ट्रिय मामिलामा बोल्दा भारत र चीनजस्ता छिमेकीहरूले लिने पक्षधरतालाई समेत आफ्नो धारणा निर्माणको आधार बनाउने गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending