काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।
नेपाल इञ्जीनियर एशोसिएशन ३३ औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताएका हुन्।
“सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ”, उनले भने।
उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारे।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले पेशासहितको राजनीतिमा नेपालको इञ्जीनियर क्षेत्र लागेको बताए। कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले इञ्जीनियर क्षेत्र मुलुकको सम्मानित क्षेत्र भएको बताउँदै मुलुकको विकासमा इञ्जीनियरको ठूलो भूमिका रहेको बताए।
केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले लोकतन्त्रलाई संस्थागत गराउन सिडेनको साझा उम्मेदवारलाई विजय गराउन जरुरी रहेको बताए। सिडेनका केन्द्रीय अध्यक्ष उमेशप्रसाद थानीले देशभरका ७५३ वटै स्थानीय तहमा सिडेको सङ्गठन विस्तार गरिएको बताए।
नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिका अध्यक्षका उम्मेदवार ई डा हरिबहादुर दर्लामीले इञ्जीनियरको सेवा, सुविधा र क्षमताको अभिवृद्धि गर्दै समृद्ध मुलुक निर्माण गर्नका लागि आफूले उम्मेद्वारी दिन लागेको बताए।
कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख ई दीपकबाबु कँडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, नेपाल इञ्जीनियर एशोसिएशनका पूर्वअध्यक्ष भोजराज रेग्मी, सिडेनका पूर्वअध्यक्ष शङ्कर पण्डितलगायतले सिडेन एकताबद्ध भएर निर्वाचनमा लागे कुनै शक्तिले पराजित गर्न नसक्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: