काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताएका छन् ।
बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताएको हो । उनले गठबन्धनमा नेपाली काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताए। नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाइ सस्तो लोकप्रियताका लागि मात्रै भएको बताए । उनले चर्को नारा र अर्काको आलोचना गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट ग्रसित केही नेताहरुले आगामी निर्वाचनमा आफ्नो पल्लाभारी गर्नको लागि आगामी निर्वाचनमा काँग्रेस गठबन्धनबाट नजाने भनिरहेको आरोप लगाए । नेता तुलाधरले नेपाली काँग्रेसका सभापति एवं शीर्ष नेताहरु भने गठबन्धनसहित आगामी निर्वाचनमा जाने पक्षमा रहेको बताए ।
नेता तुलाधरले भने., ‘गठबन्धनमा आवद्ध दलमध्ये नेपाली काँग्रेस प्रमुख दल हो । नेपाली काँग्रेसको इच्छा भएन भने नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्न पनि सक्छ । त्यो कुरा स्वयं नेपाली काँग्रेसलाई संस्थागत रुपमा भन्ने हो भने घाटा पनि हुनसक्छ । स्वयं नेपाली काँग्रेसभित्रको शीर्ष नेतृत्व पंक्तिले एउटा कुराकानी गर्ने, दोस्रो पंक्तिका केही नेताहरुले उत्ताउलो बोल्ने जुन गरिरहनु भएको छ, त्यो सस्तो लोकप्रियताका लागि मात्रै हो भन्ने कुरा उहाँहरुकै नेताहरुले भन्नुहुन्छ । नेपाली काँग्रेसभित्र पनि त्यो कुरा छ । नेपाली काँग्रेसभित्र हिजो आन्तरिक चुनाव, महाधिवेशनमा चुनाव जित्नका लागि पनि त्यस्ता चर्को नारा, चर्को कुराहरु, उत्ताउलो कुराहरु अर्कालाई खसाल्ने कुरा, अर्काको आलोचना गर्ने कुराहरु, अर्कालाई उडाउने कुराहरु गर्दा भोट पाइन्छ भन्ने मनोविज्ञानबाट उहाँहरु ग्रसित हुनुहुन्थ्यो । तिनै मनोविज्ञानबाट ग्रसित केही नेताहरु अब भोलिको चुनावमा आफ्नो पक्षहरुको पल्लाभारी गर्नका निम्ति यो कुरा गरिरहेको जस्तो लाग्छ । समग्रमा नेपाली काँग्रेसलाई म दोष दिन्न । नेपाली काँग्रेसको मुल नेतृत्व, संस्थापन पक्ष, सभापति लगायतका शीर्ष नेताहरु गठबन्धन कायम नै गरेर जानुपर्छ भन्नेमा हुनुहुन्छ । उहाँहरुलाई थाहा छ, गठबन्धन नेपाली काँग्रेसका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ ।’
नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताए । नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रिय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: