Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ : प्रम देउवा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय  महाधिवेशन र केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको कूल गार्हस्थ्य उत्पादनमा महत्वूर्ण भूमिका निर्वाह गर्ने र लाखौँ नेपालीलाई रोजगार दिने यी क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गरी साझा धारणा बनाउन आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले विदेशबाट आयात हुने उपभोग्य वस्तु र सेवाले विदेशी मुद्राको मागलाई अत्यधिकरूपमा बढाएको र यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको जानकारी दिए। बढेको विदेशी मुद्राको माग र व्यापार घाटालाई काम गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुको विकल्प नभएकाले निजी क्षेत्रको प्रवद्र्धन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनको धारणा थियोे ।
 
कोेभिड–१९ को नकारात्मक प्रभाव खेपिरहेका लघु, घरेलु तथा साना उद्योगको क्षेत्रलाई उत्थान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले जानकारी दिए। उन दिगो विकास र समृद्धि सरकारको मुख्य लक्ष्य रहेको र यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको विकास अपरिहार्य रहेको बताए।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरी, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलगायतले साना व्यवसायीप्रति बैंकले गरेको विभेदले उद्यमशीताको विकासमा अड्चन पुर्‍याइरहेको धारणा व्यक्त गरे ।

वीरगञ्जमा हुन गइरहेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट ४२६ जना  र  केन्द्रीय महिला उद्यमी समितिको २२औँ राष्ट्रिय सम्मेलनमा देशभरिबाट २५२ जना प्रतिनिधि सहभागी छन् । फागुन २७ र २८ गतेसम्ममा दुवै सङ्गठनको छुट्टाछुट्टै बन्दसत्र सञ्चालन हुने र बन्दसत्रबाट आगामी वर्षका नीति तथा कार्यक्रम तय हुनुका साथै नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending