Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आरोप लगाएकी छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति को बैठकमा बोल्दै उनले आर्थिक विधेयकमा करका दर हेरफेर र त्यससम्बन्धी सूचना चुहावटबारे सरकारसँग जवाफ माग गरेकी थिइन्।

ओलीका अनुसार ७ वा ८ सिट क्षमताका सवारीलाई ११ सिटे देखाएर भन्सार महसुलमा छुट दिइएको छ। फोल्डिङ तथा मापदण्डअनुसार मान्यता नपाउने सिटलाई समेत गणना गरी ७र८ सिटका सवारीमा लाग्ने ३० प्रतिशत भन्सार महसुलको सट्टा ११ सिटका लागि लागू हुने १० प्रतिशत महसुल कायम गरिएको उनको दाबी छ। यसबाट २० प्रतिशत भन्सार राजस्व गुमेको उनले बताइन्।

त्यस्तै, ११ देखि १४ सिट क्षमताका सवारीलाई १५ देखि १८ सिटे कायम गरी १० प्रतिशतको सट्टा १ प्रतिशत मात्रै भन्सार महसुल लिइएको आरोप पनि उनले लगाइन्। यसबाट थप ९ प्रतिशत राजस्व हिनामिना भएको उनको भनाइ छ।

उनले यस्ता करिब पाँच हजारभन्दा बढी सवारीसाधन आयात भई दर्ता भइसकेको र थप दर्ता हुने क्रम जारी रहेको जानकारी दिइन्।

यातायातसम्बन्धी कानुनी मापदण्डविपरीत सवारीमा अतिरिक्त सिट राखेर राजस्व छुट दिने कार्य भएको भन्दै उनले यस विषयलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराइन्।

राजस्व हिनामिनाको विषयमा सम्बन्धित निकाय मौन रहेको तथा मन्त्री र सचिवसँग समेत जानकारी माग्दा स्पष्ट जवाफ नपाएको उनको गुनासो थियो।

ओलीले आर्थिक वर्ष २०८०/८१ यता यस्ता गतिविधिबाट ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इभी आयात प्रकरणमा संसदीय छानबिन समिति आवश्यक - राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...

आरोप प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...

नेपालमा नयाँ प्रकारका ड्रग्सको प्रयोग बढ्दो: १९–४५ उमेर समूह जोखिममा

काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...

कर्णाली करिडोर भासियो, यातायात ठप्प

कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...

रौतहटमा ९० लाखको फर्सीको बीउ बरामद

गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...

आयातित सवारीमा ५ अर्बभन्दा बढी राजस्व हिनामिना भएको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...

गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. भण्डारी नियुक्त

लेखनाथ। गण्डकी विश्वविद्यालयको रजिष्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छन्। विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले डा. भण्डारीलाई...

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending